नेपाल टेलिकम वर्कस् युनियन (एनटीसीडब्ल्यु) काे कोरानामुक्त कर्मचारीलाई स्वागत

काठमाडौं । नेपाल टेलिकम वर्कस् युनियन (एनटीसीडब्ल्यु) कोरोना मुक्त भएका अाफ्ना  कर्मचारीलाई स्वागत गरेको छ । नेपाल टेलिकम वर्कर्स युनियनले  पावर विभाग छाउनीमा कार्यरत ६ जना कर्मचारीलाई कार्यक्षेत्रमा पुनः स्वागत गरेको हो । सो शाखाका ६ जना कर्मचारीहरु यसअघि कोरोना पुष्टि भएर आइशोलेसनमा बसेका थिए । पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु कार्यक्षेत्रमा फर्किएका हुन् ।

युनियन काठमाडौं क्षेत्रीय समितिका अध्यक्ष अच्युत ओझा, केन्द्रीय सदस्य राकेश लामा, क्षेत्रीय सदस्य काजी अधिकारी, सन्तोष शर्मा सहितको टोलीले काेराेना मुक्त भएका ६ जना कर्मचारीहरुलाई कार्यालयमा स्वागत गरेको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस