रोमान्चक सुपर ओभरमा दिल्ली विजयी

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोमान्चक खेलमा दिल्ली क्यापिटल विजयी भएको छ । सुपर ओभरमा गएको यस खेलमा दिल्लीले सुपर ओभरमा पञ्जाबलाई पराजित गरेको हो ।

सुपर ओभरमा पञ्जाबले दिल्लीलाई केबल ३ रनको लक्ष्य दिएको थियो भने सो लक्ष्य दिल्लीले दोस्रो बलमा नै पुरा गरेको थियो ।

यसअघि दिल्लीले दिएको १५८ रनको लक्ष्य पछाएको पञ्जाबले निधारित २० ओभरमा पञ्जाबले पनि ८ विकेट गुमाउदै १५७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै १५७ रन बनाएको हो । आइपिएल अन्तर्गत सोमबार सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुदै छ । खेल साँझ ७:४५ बजे हुदै छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस