आजदेखि ५ दिनसम्म ठूलो वर्षा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । अहिले देशभर सामान्य बदली रहेको छ भने प्रदेश १, २ का केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित वर्षा भईरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्युन चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको छ र पूर्वतर्फ नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान :-

असोज ५ गते (सोमबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ । ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।

असोज ६ गते (मंगलबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षा र प्रदेश नं १ का १/२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।

असोज ७ गते (बुधबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका १/२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

रातीदेखि ठूलो वर्षा
जल तथा मौसम विज्ञान विभागले भोलि सेप्टेम्बर २१ रातिदेखि ५ दिनसम्म ठूलो वर्षाका साथै हावाहुरीको सम्भावनासमेत रहेको भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

आइतबार साँझ ७ बजे विशेष मौसम बुलेटिन जारी गर्दै विभागले हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर (पश्चिमतर्फ सर्ने क्रममा आगागमी ४-५ दिन नेपालका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहितको वर्षा तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना देखिएको जानकारी दिएको हो ।

साथै हावाहुरीसमेत आउने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले रौतहटको गौरमा भएको हत्याकाण्डको विषयमा कारण देखाउ आदेश जारी गरेको छ …

प्रतिकृया दिनुहॊस