भारतमा कोरोनाबाट एकैदिन ११ सय ३३ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय ३३ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८६ हजार ७५२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९२ हजार ६०५ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५४ लाख नाघेको छ । भारतमा कुल संक्रमित ५४ लाख ६२० पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ४३ लाख ३ हजार ४४ जना ठिक भएका छन् । त्यस्तै १० लाख १० हजार ८२४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ६ करोड ३६ लाख ६१ हजार ६० नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १२ लाख ६ हजार ८०६ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस