तेल ट्याङ्कर त्रिशुलीमा खस्यो, दन्कियो आगो !

धादिङ । पृथ्वी राजमार्गमा आज विहान एउटा तेल ट्याङ्कर दुर्घटना भएको छ । ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका-६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको हो ।

ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए । नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं । गृह मन्त्रालयले व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न समिति बनाएको छ । गृह …

प्रतिकृया दिनुहॊस