बाँकेमा प्लाज्मा थेरापी गरिएका एक कोरोना संक्रमितको मृत्यु

बाँके। बाँकेमा प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका एक कोरोना संक्रमितको ज्यान गएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट १० जनाको मृत्यु भएको छ ।

गत भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । प्लाज्मा थेरापीबाट उपचार गरिएका उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार जारी थियो ।

तर गए राति साढे ११ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनमा दुवैतिरको फोक्सोमा निमोनिया देखिएको श्रेष्ठले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पछिल्लो २४ घण्टामा उपत्यकामा थप आज १ हजार ५३५ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आइतबार  उपत्यकामा थप १ हजार ५३५     जनामा कोरोना पुष्टि भएको छ …

प्रतिकृया दिनुहॊस