विश्वमा संक्रमितको संख्या ३ करोड ९ लाख नाघ्यो, ९ लाख ६० हजारको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड ९ लाख ७५ हजार नाघेको छ भने ९ लाख ७५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ९ लाख ७५ हजार ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ९ लाख ६० हजार ८६३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म २ करोड २५ लाख ७६ हजार ८३० जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ३ हजार ८२४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ६९ लाख ६७ हजार ३८५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४२ हजार ५२५ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ६५७ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८६ हजार ७७४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ७५५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५३ लाख ५८ हजार २३० पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४५ लाख २८ हजार ३४७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७०८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ५६५ पुुगेको छ ।

नेपालमा शनिबार देशभर गरी २ हजार २०४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ६२ हजार ७ सय नाघेको छ । अहिले देशभरि १७,१२९ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये ९,१५३ जना संस्थागत आइसोलेशनमा र अरू ७,९७६ जना घरमै भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा ४५,२६७ जना अर्थात् ७२ प्रतिशत सङ्क्रमित निको भइसकेका छन् भने ४०१ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पछिल्लो २४ घण्टामा उपत्यकामा थप आज १ हजार ५३५ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आइतबार  उपत्यकामा थप १ हजार ५३५     जनामा कोरोना पुष्टि भएको छ …

प्रतिकृया दिनुहॊस