नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय नाघ्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ७ जना महिला र ४ जना पुरुष रहेका छन् । मृत्यु हुने महिलामा ललितपुरका दुई जना ७६ बर्षिय र ६८ बर्ह्सिय महिला रहेका छन् भने काठमाडौँकी ७७ बर्षिय, मकवानपुरकी ३७ बर्षिय, मोरङकी ६५ बर्षिय, रौतहटकी ५१ बर्षिय महिला रहेका छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा ललितपुरका ६० बर्षिय, काठमाडौँका ७५ बर्षिय पुरुष, रुपन्देहीका ६९ बर्षिय र बाँकेका ४५ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जिसी दम्पती हत्याको १८ दिन : २०० बढीसँग सोधपुछ, पत्ता लागेनन् दोषी

काठमाडौं । पर्वतको जलजला गाउँपालिका-२ मल्लाजको दहमा एक दम्पतीको हत्या भएको १८ दिन पुगेको छ । गत चैत २० गतेदेखि प्रहरीले अनुसन्धान गरेको भए पनि अहिलेसम्म घटनामा संलग्न दोषी पत्ता लागेको छैन ।

प्रतिकृया दिनुहॊस