नवलपरासी पूर्वमा ४५ सहित गण्डकीमा थप ६६ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा शनिबार थप ६६ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी प्रदेशमा शनिबार थप ६६ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका ४५ जना रहेका छन् भने कास्कीका १३ जना, तनहुँका ३ जना, स्याङजाका २ जना, पर्बतका २ जना र लमजुङका एक जना रहेका छन् । नयाँ संक्रमित पर्बत जिल्ला, कुश्मा नगरपालिकाका ३५ बर्षीय पुरुष नेपाल आर्मीमा कार्यरत हुन् भने नवलपरासी (ब.सु.पू) जिल्ला, हुप्सेकोट-५ का ३७ बर्षीय महिला स्वास्थ्य स्वयं सेविका रहेकी छन् ।

त्यस्तै कास्की जिल्ला, पोखरा महानगरपालिका-४ का ४१ बर्षीय पुरुष चिकित्सक हुन् । उनी पोखरा विश्वबिद्यालयमा कार्यरत छन् ।अ न्य संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।

योसँगै गण्डकी प्रदेशमा अहिलेसम्म ३४०२ जना संक्रमित भएका छन्, जसमा २०५७ जना निको भएका छन् । त्यस्तै प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १३ सय १३ रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म कोरोनाबाट ३२ जनाको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस