कुलमानको आग्रह- ‘पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिनुस्’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिनका लागि समर्थकहरुलाई आग्रह गरेका छन् । शनिबार (आज) एक विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नो समर्थनमा प्रदर्शन नगर्न आग्रह गरेका हुन् ।

‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा घिसिङले भनेका छन् ।

सरकारले आफूलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको बताउँदै कुलमानले प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्ने बताएका छन् । घिसिङलाई पनुः नियुक्ति गर्नुपर्ने माग गर्दै स्वतःस्फूर्त रुपमा काठमाडौंलगायत केही बाहिरी जिल्लामा प्रदर्शन हुँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस