१६औँ बार्षिकोत्सव मनाउँदै ओपो

शन्चन । वैश्विक स्तरमै अग्रणी टेक ब्राण्ड ओपोले आज १६औँ बर्षिकोत्सव मनाएको छ । निरन्तर नवप्रबर्तन पस्कँदै आइरहेको ओपोले विगतका केही बर्षमा आफ्नो परिचय फोन निर्माताबाट स्मार्ट उपकरण नवप्रबर्तनका रुपमा स्थापित गरिसकेको छ ।

आफ्ना पार्टनर्स तथा प्रयोगकर्ताका लागि उद्योगलाई विकास तिर अग्रसर गराउने खालका उच्च गुणस्तरिय सुन्दर डिजाइन सहितका प्राविधिक उत्पादन तथा सेवा मार्फत कम्पनीले विश्वभर आफ्नो छाप छोड्दै आइरहेको छ ।

‘बार्षिकोत्सवको यो अवधि सम्म आई पुग्दा हामी निकै गौरवान्वित महशुस गर्दैछौँ । ओपोको यो यात्रामा साथ दिनुहुने समस्त उपभोक्ता, पार्टनर्स, कर्मचारी जसको प्रतिबद्धता र समर्थनले हाम्रो सफलताको सम्भव बनाइ दिएको छ सबै प्रति हामी हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छौँ ।’, ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोन चनले भने ।
१६ बर्षको जीवन्त अवधि
यस बर्ष ओपोले फाइभजी, एआई, ईमेजिङ र भोक फ्ल्याश चार्जिङ तथा कञ्जुमर टेक्नोलोजीका क्षेत्रमा उल्लेखनिय सफलता हात पारेको छ ।

अगस्त महिनामा नयाँ पुस्ताको हाइब्रिड जुम प्रविधि सार्वजनिक गर्दै तस्विरका गुणस्तरको स्तरलाई नयाँ उचाई प्रदान गरेको छ । साथै, फ्ल्याश चार्ज प्रविधिमा ओपोको अग्रतालाई थप सुदृढ बनाउँदै १२५वाट फ्ल्याश चार्जले प्रतिनीधित्व गरिरहेको फ्ल्याश चार्जको नयाँ लाइनअपपनि कम्पनीले सार्वजनिक गरेको छ ।

ओपोले यूके र यूरोपमा पहिलो फाइभजी एसए नेटवर्क स्लाइसिङ सर्भिसेजका साथ सफलतापूर्वक पहिलो ५जी स्ट्यान्डअलोन (एसए) पनि उपलब्ध गराइसकेको छ । हाल ओपो ५० भन्दा बढी ग्लोबल अपरेटर्ससंग सहकार्य गर्दै विश्वभर फाइभजीको बृहत्त ब्यवसायिकरणलाई गति प्रदान गर्न अग्रसर रहेको छ ।

साथै, कम्पनीले सीभीपीआर २०२०मा एआई श्रेणी अन्तर्गत दूई ओटा पहिलो स्थानको पुरस्कारपनि हात पारिसकेको छ । त्यसैगरी अभूतपूर्व एआई प्रविधिको अन्वेषणका लागि डिपार्टमेन्ट अफ ईन्टेलिजेन्ट पर्सेप्शन एण्ड ईन्ट¥याक्सनको स्थापनापनि गरेको छ ।

एकिकृत टेक फर्मका रुपमा स्थापति हुने उद्देश्यका साथ ओपोले आफ्ना प्रयोगकर्ताका पृथक अवश्यकताको पूर्ति गर्दै विकसित हुँदै आइरहेको छ ।

ईन्टेलिजेन्ट मोबाइल डिभाइस बिजनेस यूनिटको स्थापना संगै कम्पनीले ईयर बड्स, स्मार्ट वाच्ज र फाइभजी सीपीई लगायतका आईओटी उत्पादनहरु सार्वजनिक गरिसकेको छ । स्मार्टफोनका साथमा ओपो अहिले नयाँ बौद्धिक ईको प्रणालीको निर्माणका लागि प्रयत्नरत छ ।
ओपोले हार्डवेयर, सफ्टवेयर र ईन्टरनेट सेवाका लागि मूलभूत प्रविधिहरुको विकास गरिसकेको छ । उपभोक्ता केन्द्रित ब्राण्डका रुपमा कलरओएसको नयाँ भर्जनले दृष्टि, श्रब्य र भौतिक अशक्तता भएका प्रयोगकर्ताका लागि टक ब्याक, फ्ल्याश अन कल र एक्सेसिबल मेन्यू लगायत सुविधापनि उपलब्ध गराइसकेको छ । हाल कलरओएसको मासिक सक्रिय प्रयोगकर्ताको संख्या विश्वभरमा ३७० मिलियनको हाराहारीमा रहेको छ ।

बषौँदेखि ओपोले आफ्नो मूलभूत मान्यतामा केन्द्रित रहँदै प्रविधिलाई पहिचान दिलाउने, सहज उपलब्धता र निजीकृत गर्ने कार्य गरिरहेको छ ।

यही कुरालाई दृष्टिगत गर्दै ओपोले भविश्यमा पनि आफ्ना विश्वभरका प्रयोगकर्ता केन्द्रित डिजाइन तथा उत्पादन पस्कन आफ्ना ग्लोबल सप्लाई चेन पार्टनर्स, नेटवर्क अपरेटर्स र विक्रेताहरु संग अझ गहिरो र बलियो सहकार्यको आशा गरिरहेको छ ।

प्रविधिले विश्व र मानवतालाई समेत थप नजिक ल्याउने कार्य गर्नुपर्ने ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी चनको मान्यता छ ।

ओपोले आफ्नो स्थापनाकाल देखि नै यही मान्यतालाई आत्मसात गर्दै अघि बढी रहेको छ । ‘भविष्यमा पनि ओपोले आफ्ना विश्वभरका उपभोक्तालाई खुला र बौद्धिक पर्यावरण निर्माण गर्दै अझ सुदृढ प्राविधिक अनुभव पस्कने कार्यलाई निरन्तरता दिनेछ ’, टोनीले भने ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस