कुर्था-जयनगर चल्ने नेपालको झण्डा अंकित दुई रेल आज जनकपुर आउँदै

काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल चल्ने नेपालको झण्ड अंकित दुई वटा रेल आज नेपाल जनकपुर आउँदै छ । भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा किनिएका दुई रेल आज दिउँसो जनकपुर आइपुग्ने रेल विभागले जानकारी दिएको छ ।

सात महिनादेखि भारतको बिहारस्थित हाजीपुरमा अड्किएको नेपाली ब्रोडगेज रेल बिहीबार जयनगरस्थित रेल्वे स्टेसनमा आइपुगेको छ । जयनगर आइपुगेको रेललाई आज (शुक्रबार बिहानै सफा गरेर चिटिक्क पारिएको छ ।

६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ । आवश्यक कानुन बनाएर दशैं–तिहारपछि रेल सञ्चालनमा ल्याउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानारी दिएका छन् ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कारोबार हुने अन्तिम   दिन  शेयर बजारमा हरियाली

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको कारोबार हुने अन्तिम   दिन  बिहीबार बढेकोे छ …

प्रतिकृया दिनुहॊस