फाइल तस्वीर

नारायणगढ-मुग्लिन सडकको तीन ठाउँमा पहिरो, यातायात अवरुद्ध

चितवन । निरन्तरको वर्षापछि मुग्लिन-नारायणगढ सडक खण्डको तीन ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण आज बिहानैदेखि यातायात अवरुद्ध भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पहिरोको पुरानै समस्या रहेको नारायणगढ–मुग्लिन सडकमा केही दिनयता नयाँ पहिरो पनि थपिएका छन् । भरतपुर महानगरपालिका–२९ को १४ किलो, सत्र किलो र घुमाउनेमा पहिरो खसेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान पौने ६ बजेदेखि अवरुद्ध भएको बाटो खुलाउन तीन घण्टाभन्दा बढी समय लाग्न सक्ने छ । मंगलबार मात्रै सो सडकखण्डमा दर्जनौं नयाँ पहिरो आएर सडक अस्तव्यस्त बनेको थियो । भरतपुरको डिभिजन सडक कार्यालयका प्रवक्ता इन्जिनियर शिव खनालले त्यो दिन पाँच वर्षयताकै धेरै ठाउँमा पहिरो खसेको बताएका थिए ।

यस सडक खण्डमा पहिरो पन्छाइ नसक्दै फेरि पहिरो झर्ने गरेका कारण पटक–पटक यातायात अवरुद्ध हुने गरेको छ । मुग्लिन खण्डमा कतिबेला पहिरो झर्ने र यातायात अवरुद्ध हुन्छ भन्ने कुराको नै टुङ्गो नहुने यातायात व्यवसायी बताउँछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल

काठमाडौँ । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा …

प्रतिकृया दिनुहॊस