KTM ले BS6 मोडल २०२० को नयाँ रेन्ज लन्च गर्यो

काठमाडौँ । नेपालको सर्वाधिक तीव्र गतिको प्रगतिशील प्रीमियम मोटरसाइकल ब्राण्ड, KTM ले  B S6  को मोडल एकदमै नयाँ २०२० रेन्ज लन्च गर्ने भएको छ ।

 2020, KTM 200 DUKE लाई पूरै तवरले अपग्रेड गरिएको कम्पनीले छ, जुन शानदार १२९० सुपर ड्यूक—आरबाट प्रेरित छ । यस बाइकको एकदमै नयाँ अनि ज्यादै हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र हेडल्याम्पका साथ अपग्रेड गरिएको छ तथा यसको पूरै बनावटलाई नयाँ रुप दिएको छ । यो बाइक डुअल–च्यानल ABS / LED DRLs जस्तो एकदम नयाँ सुविधाहरुले भरिपूर्ण छ ।

यी नयाँ सुविधाहरुको साथै यस बाइकमा अल्ट्रा कम्प्याक्ट, लिक्विड–कूल्ड,DOHC, ४–भल्भ ईञ्जिन, अत्याधुनिक इन्जेक्शन इलेक्ट्रोनिक्स, उन्नत ध्ए सस्पेन्शन तथा आकर्षक देखिने स्वींगआर्म जस्तै उच्च प्राविधिक क्षमता भएको कम्पनेन्ट छ, जसले बाइक चलाउने बेला ज्यादै आनन्द तथा तीव्र गतिले मोडिने क्षमता प्रदान गर्छ । यसमा अर्को प्रमुख सुधार भनेको फ्यूल क्षमताको १०.२ लिटरबाट बढाएर १३.५ लिटर गरिएको छ । जसबाट चालकले ३०% अतिरिक्त दूरीसम्मको आनन्द लिन सक्छन् ।

KTM 200 Duke  यस श्रेणीमा सबैभन्दा ज्यादा अर्थात् 25 PS  को पावरले भरिपूर्ण छ तथा आउटगोइङ्ग मोडलको रुपमा 19.3 Nm  टर्क उत्पन्न गर्न सक्छ ।

डुअल–च्यानलABS को साथ बिल्कुलै नयाँ 2020 ,KTM 390 Duke २ नयाँ रङ्गको विकल्पः इलेक्ट्रोनिक अरेन्ज र सिरेमिक व्हाइटमा उपलब्द हुनेछ रु.५,३९,९०० को प्रारम्भिक मूल्यमा उपलब्ध छ ।

रोमाञ्चक अनुभव, मूल्यको भ्यालु :

कर्नर रकेटको नामले लोकप्रिय 2020 ,KTM 390 Duke बाइक चलाउँदाको रोमाञ्चक अनुभवले उपभोगकर्तालाई आफ्नो मूल्यको सही भ्यालु दिन्छ भने पूरै जोश र फूर्तीको साथ ह्याड्लिङ्गको कुरामा यो अतुलनिय छ ।

पावर र तौल को तुलनामा निकै हलुका, ज्यादै शक्तिशाली अनि अत्याधुनिक प्राविधिकले सुसज्जित यो बाइकले एक रोमाञ्चक सवारीको ग्यारेन्टी दिन्छ, चाहे तपाईं शहरको सडकहरुमा बाइक चलाइरहेको होस् या ज्यादै घुमाउरो मोडल भरिएको पहाडको बाटो या कुनै जंगलको बाटोमा गइरहेको होस् ।

KTM 390 DUKE  पहिले देखि नै राइड–बाय–वायर, स्लीपर क्लच, सुपरमोटोको साथ डुअल–च्यानल ABS, TFT  डिस्प्ले र ीभ्म् हेडल्याम्प जस्ता प्रिमियम सुविधाहरुको साथ उपलब्ध छ । यो मेशिनमा यस श्रेणीको सबैभन्दा धेरै अर्थात् 43.5 PS   छ  को पावर छ र यसले 37 Nm टर्क उत्पन्न गर्दछ ।

यस बाहेक2020 , KTM 390 DUKE ca Quickshifter+  को साथमा उपलब्ध हुनेछ, जसको प्रयोग अहिलेसम्म सुपरबाइकहरुमा मात्र हुने गथ्र्यो । बाय–डायरेक्शनलQuickshifter+ को प्रयोग यस श्रेणीमा पहिलो पटक गरिएको हो, जसले चालकलाई क्लच लीबरको प्रयोग नगरी गियरलाई बडाउन वा घटाउन, दुवै तर्फ शिफट गर्न सक्षम बनाउँछ । सामान्य क्लच गियर क्विकशिफ्टरं मा बाइकको पावर कम हुँदैन तथा तीव्र गतिले गियर शिप्mट गर्न सम्भव हुन्छ ।

2020 KTM 390 DUKE  रु. ८,४९,९०० को प्रारम्भीक मूल्यमा शोरुममा उपलब्ध हुनेछ । यो बाइक एकदमै नयाँ ग्राफिक डिजाइनको साथ २ एकदमै नयाँ रङ्गहरु– सिल्वर मेटालिक र सेरेमिक व्हाइटमा उपलब्ध हुनेछ ।

यदि तपाईंलाई पनि रोमाञ्च र उत्साहको चाहना छ भने2020 KTM 250 DUKE  चलाएर आनन्द लिनुहोस् । ओपन–कार्टि«ज, अपसाइड–डाउन WP फोर्क, स्लीपर क्लच, र प्री–लोड एड्जस्टेबल Mono Shock  जस्ता दमदार एवं शानदार विशेषताहरुले भरिपूर्ण यो बाइक धेरै तीव्र एवं फूर्तीलो छ र ३० PS को दामदार पावरको साथ 24Nm टर्क उत्पन्न गर्दछ ।

नयाँ 2020 KTM 250 DUKE  को स्ट्याण्डर्ड बाइक Super Moto  को साथ डुअल–च्यानल ABS  ले सुसज्जित छ, अनि यो मोडल २ नयाँ रङ्ग – सिल्भर मेटालिक र डार्क गैलभानोको साथ रु. ६,३९,९०० को प्रारम्भीक मूल्यमा शोरुममा उपलब्ध हुनेछ ।

KTM को RC रेन्जले, KTM को “रेडी टू रेस”को विशिष्ट भावनालाई दर्शाउँछ, जुन हरेक तरहको सडकको लागि उपयुक्त छ । RC मोडलको बाइकको स्टाइल आजको जमानाको स्ट्रीट–रेसर्सको अनुरुप छ, तथा KTM को Moto GP  फ्याक्ट्री रेसर्सबाट प्रेरित छ । यस रेन्जमा समावेश RC390 / RC200  बिल्कुलै नयाँ रङ्गहरु र ग्राफिक्सको साथ उपलब्ध छ ।

2020 KTM RC 200  को स्ट्याण्डर्ड बाइकको डुअल–च्यानलABS को साथ अपग्रेड गरेको छ । यस श्रेणीको सबै बाइक BS6   को अनुरुप छ र पावर एवं टर्कको अनुरुप प्रदर्शन मापदण्डलाई कायम राखेको छ ।

2020 RC  रेन्जको मूल्य यस प्रकार छः

RC200: रु.६,१४,९०० (प्रारम्भिक मूल्य)
RC390: रु.८,२४,९०० (प्राररम्भिक मूल्य)

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा १९.५६ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । …

प्रतिकृया दिनुहॊस