[कथा] शंकरदेव क्याम्पसकी पार्वती

डम्मर बम

सुन्नुस न, हजुर नयाँ हो ? शंकरदेब क्याम्पसको शंकरदेवको मूर्तिबाट अलि तल झरेर क्याम्पस प्रमुख कक्षमा माथि जान सिढी चढ्नै लाग्दा अप्ठारो मान्दै गरी उभिएकी एउटा अपरिचित अनुहारले सोध्यो । म एक टक उभिए र हेरे बाँया साइडमा हल्का कालो ब्याग बोकेकी उनले दाँया हातको चोर औंला दाँतले टोकेर आँखा यताउती डुलाउदै केही खोज जस्तो गरिन् ।

मः हजुर म नयाँ विद्यार्थी हो । हजुर नी ?
उनीः म नि नयाँ नै । हेर्नु न एविएसको पढाई कहाँ हुन्छ, थाहै भएन ।
मः एउटै समस्या रहेछ, लौ न माथि गएर सोधौं क्याम्पस प्रमुख कक्षमा ।
उनीः हस्

०७२ सालको भूकम्पले क्षति भएपछि शंकरदेव क्याम्पसमा एमविएसको ढिलोगरी भर्ना अभियान भएको थियो । शंकरदेव क्याम्पस पढ्ने धोको भएर नै म क्याम्पसमा भर्ना भएको थिए । भर्ना र कक्षा सञ्चालन मिति अनुसार म क्याम्पस जाने दिन गनेर बसेको थिए । गाउँको निम्न वर्गिय म काठमाण्डौमा पढ्न पाएकोमा गौरबवान्वित थिए । वार्षिक परीक्षा प्रणाली वा सेमिष्टर अनुसार पढाई हुने विषयमा क्याम्पस अझै अनिर्णयित नै थियो । यो वर्ष वार्षिक परीक्षा प्रणाली अनुसार कक्षा सञ्चाल हुने भयो । क्याम्पसको पहिलो दिन, चिनजानको कोही छैन्, बस्ने कोठादेखि मनमा खुलदुली थियो नै । पहिलो दिनको क्याम्पस कस्तो हुने हो ? कोही साथी बन्छ, कि बन्दैन ? विशेष गरी केटी साथी । बाटोमा सोच्दै आएको कुरा भगवानले पुरा गरिदिए झै मलाई लागि रहेको थियो । बिहानै नुहाएर आएकी हुनुपर्छ, उनको कपाल नसुकेकोले अनुमान गर्न सकिन्थ्यो । सिढीबाट क्याम्पस प्रमुखको कार्यालयसम्म नपुग्दै हामीले विविएसको पढाई कहाँबाट, यहाँ पढाईसँगै के गर्दै र घरकहाँ हो ? सम्मको कुरा भएको थियो । उनले विविएस सुर्खेतबाट गरेको अहिले काठमाण्डौ दाजु भाउजुसँग छु भनिन, तर आफ्नो नाम भन्न उनले न्यू नै खाजे जस्तो गरिन ।

मः लौ नाम भन्न के गारो मानेको हजुर
उनीः हजुर गेस गर्नसक्नु हुन्छ ? ल भन्नुस मेरो के होला ?
मः ठकुरीको छोरो पो हजुर, पण्डित होईन नी न्वारन गर्नका लागि ।
उनीः ओ राजा पो होईसियो ।
मः हो त अनी हजुर ?
उनीः गेस प्लिज (मुस्कुराउँदै)

उनी र बीचको सिढीमा वार्तालाप हुँदा ओहोर दोहोर गरी रहेका विद्यार्थीहरुको ध्यान एकछिन हामी तिर फर्किएको भान भएको थियो । एउटा अच्चमको कुरा के छ, भने शंकरदेबमा को बिद्यार्थी ? को सर ? छुट्याउ नै गारो भन्या ।

मः म हजुरको नाम नै राखि दिन्छु, है शंकरदेबमा पढ्नेको हजुरको नाम पार्वती (जिस्किदै)
उनीः (हास्दै) पार्वती रे, होईन मेरो नाम सपना शाही हो ।
मः ए मैया पो होइसियो हजुर त जिस्किनलाई कोही पाउबन्दी छैन (मस्किदै) ।
उनीः हो हो (मन्दमुस्कान)

क्याम्पस प्रमुख कार्यालय बसेका सरबाट थाहा भयो रोल नं. अनुसार क्रमशः सेक्सन बर्गिकरण गरिएको । रोल्नं नं. अनुसार कक्षाकोठा हामी खोज्न थाल्यौ जुन लिस्ट भित्तामा टाँसेको थियो । एमविएस प्रथम वर्षको एच सेक्सन मेरो रोल्नं. ११८१ त्यही परेछ । तर उनको आई सेक्सन । सँगै बस्ने, कुराकानी गर्ने र सके सँगै क्याम्पस आउन जाने सोचेको के थिए । सबै मनम सीमित पो होला जस्तो भयो । थाहा भयो सेक्सन जति बनाएपनि जहाँ मन लाग्यो त्यही बसे हुन्छ, रे । अनि त मेरो मन प्रफूल्लित भयो । ए र वि मा कोचाकोच गरि विद्यार्थी बस्ने रहेछन् । शिक्षक अनुसारको कक्षा विद्यार्थीहरु बस्नलाई हानाथाप गर्छन रे । हामीपनि सेक्सन ए मा नै बस्ने निर्णयमा पुग्यौ ।

क्याम्पसमा प्रवेशसँगै जुन चारैतिर नजर डुलाउँदा चिनजानको कोही थिएन, कक्षा कोठा थाहा थिएन, कसलाई सोध्ने ? लगाएकात सबै दुविधा हामीबाट हटी सकेका थिए । किनकी हामी एकदमै नजिक भई सकेका थियौ । गेट प्रवेश गर्ने वित्तिकै जोडिएका दुईवटा भवन त्यसलाई पार गरे सरस्वती माताको मन्दिर र मन्दिरसँगै जोडिएको भूकम्पले बनाएको क्षतिग्रस्त भवन । त्यपछि अर्को भवन जहाँ विविए, विविएमको पढाई हुने । शंकरदेब क्याम्पसको प्रांगढमा भनौ खेल मैदान त्यही बास्केट बल र भलिबल खेल्ने कोर्ड थियो । त्यसैसँगै जोडिएको सानो खोल्सा कूलो थियो र क्याम्पस तर्फबाट लगाइएको फूलले रमणिय बनाएको थियो । त्यसै फेदमा गएर हामी बस्यौ । अरुहरु पनि थिए, विद्यार्थीहरु । एकछिन केही पढाईका कुरा गरेर नजिकैको क्यानिटनमा हामी खाजा खान गयौ । मेरो प्रस्ताबमा । उनीः

चिया खाउ है ।
मः माफ गरिसियो मैया रानी म चिया खाँदैन ।
उनीः नखाए पिसियो, अनी मैया ठिक छ, रानी चाँही कस्को नी ? (हल्का कपाल हल्लाउँदै, मुस्कुराउँदै)
मः बम राजाको भन्नै खोजेको पहिलो दिन धेरै भयो की (मनमनै) ? कोही त होला नी भाग्यमानी राजा ।
उनीः ओके हामी अण्डा चना खाने है ।
मः हस्

आज पहिलो दिन यस्तै भो भेट भयो रमाईलो भयो । अब छुट्टीनु पर्छ, किनकी मेरो कार्यालय पुग्न पर्ने १० बजे नै । पछि पो थाहा भो उनी बस्ने त नेपालटार रहेछ । के क्याम्पस जाने आउने किस्मत छ, तेरो, त नयाँ बानेश्वर बस्छस् त मनमनै सोचे । पुरानो बसपार्कसम्म उनलाई म्याजिक बसमा बसाएर म हिड्दै कार्यालय बबरमहल तिर लागे ।

हिड्दा हिड्दै कस्तो मोवाईल नम्बर मागेन यार, फेसबुकमा नी साथी भईएन । ठिक छ, भोली भेट हुन्छ, नी मनमा अनेकन कुरा खेलाउदै कार्यालय नपुग्दै मनमा शंका उब्जियो कहीँ भोली अर्को साथी पो बनाउन्छे, डर पो लाग्यो । देखिनमा राम्री छे, ठिकै छ साथी त बनाउन पाईयो नी अहिले साथी नबनाए कहिले बनाउने । दिनभरी क्याम्पसको विहान परिदृश्य आँखाभरी थियो नै । अबेर रातीसम्म निन्द्रा लागेन, विहान साढे छ बजे पढाई शुरु हुने भएपनि ५ः३० बजे नै क्याम्पसमा पुगेर सिट रोक्नपर्ने । नत्र उभिएर त्यो दिनको क्लास जाने अनी जबरजस्ती सुते । बिहान क्याम्पसमा पुगेर सिट खोज्नु भन्दा पनि उनलाई देख्न तल्लिन थिए यी आँखा, कक्षामा नपसेर शंकरदेबको क्याम्पसको शंकरदेबको मूर्ति नीर उम्भिए । सेक्सन ए मा नै बस्ने हामी बीच हिजो नै सल्लाहा नै भएको थियो । त्यही अनुसार म त्यँही उभिएको थिए ।

म नयाँ वानेश्वरबाट आउने छिटो पुगेको हुँला उनी त नेपालटारबाट आउने टाठा नै हो, फेरी विहान समयमा म्याजिक बस पाउन गारो भयो होला । मनमनै सोच्दै थिए, पछाडीबाट आएर कसैले आँखा छोप्यो, झस्किए चिनको कोही छैन् को हुनसक्छ, आँखा छोप्ने को होला ? हिजो परिचय भएको मान्छेले पक्कै पनि होइन को हुन सक्छ ? छुटाउनका लागि उनको हात हटाउन के खाजेको उनले आफै हात आँखाबाट हटाउदै मोर्निङ्ग भनिन । जवाफमा मैले मोर्निङ्ग नै भने । यती ढिलो आउने हो, छिटो आउनु पर्दैन अलि रिसाए झै क्लास भित्र लगिन पाँचौ बेन्चमा उनले मेरो लागि अर्को साथिको झोला राखेर सिट रोकेर रहेछिन, बसिबक्सियो महाराज, यो सिट बचाउन अरु साथीसँग झण्डै झगडा भएन । हामी पढाईसँग सँगै गफ पनि गर्थेउ कक्षाकोठमा । सरलाई बाल मतलब कोही पढुन नपढुन । यस्तै नै दिनचर्या वितिरहे जो पहिला आउन्छ, उसैले अर्कोको लागि सिट रोक्नुपर्ने ।

…मैले भनी दिए सुन्दर केटी र केटा कहाँ जान्छन् डेटिगं नी । जब म उनीसँग हुन्थे, उनी मसँग बात गर्थिन चैतमासको समयमा पनि भदौरे झरीले फसटाएका धानका वालाहरु झै लहराउदै हावाको स्पर्शमा यो मन नाँचेको हुन्थ्यो ।

एक दिन बजारशास्त्रको पढाई भई रहेको थियो, आँखाको ईसारा गरिन बाहिर जाउँ, बाहिर निस्कियौ तर कहाँ जाने थाहा भएन क्याम्पस गेटबाट पुरानो बसपार्क तिर लाग्यौ, बीचबाटै रत्नराज्य क्याम्पस, नेपाल ल क्याम्पस हुँदै भृकुटी मण्डप गयौ । त्यहाँ चटपटे र पानीपुरी खाने कुरा भयो । ठेलावाला भइयाले धेरै पिरो हालेछ, मैले अलिअलि खाएजस्तो गरे तर पार्बतीलाई मन पर्यो र उनले पुरै र्खाइन । पिरोले आँखाबाट आँशु आउन थाल्यो हत्तपत्त पानी खान दिन अलि शान्त भईन उनी । अकाउन्टको बिषय पढ्न क्याम्पसमा गयौ । कक्षामा धेरैले हामीलाई ख्याल गरेका थिए । कतिपय साथिले सोधेपनि कहाँ गएको भनेर । हामीलाई बाल मतलब थिएन । मैले भनी दिए सुन्दर केटी र केटा कहाँ जान्छन् डेटिगं नी । जब म उनीसँग हुन्थे, उनी मसँग बात गर्थिन चैतमासको समयमा पनि भदौरे झरीले फसटाएका धानका वालाहरु झै लहराउदै हावाको स्पर्शमा यो मन नाँचेको हुन्थ्यो ।

हँसिलो चेहरा, मिठो मुस्कान, हल्का लजाउने स्वाभाव कस्ति प्यारी उनी । आँखा यतिसम्म तल्लिन हुन्थे हेर्न उनीलाई । समय मिलाएर सिटीसी मलमा फिल्म जाने कुरा भयो, उनले दिउँसो टिकट लिन भनीन तर कार्यालयबाट जान ढिलो भयो । मैले साढे पाँच देखी साढे सात बजेको टिकट लिए । उनी रिसाई ढिलो टिकट लिएकोमा, उनी बस्ने नेपालटार हो, जहाँ ढिलो भए जाने साधान नमिल्ने, त्यो बेला मसँग पनि मोटरसाइकल पनि थिएन । फिल्म सकिएपछि बाहिर आउँदा झमक्क रात परिसकेको थियो । उनको कोठासम्म जान साधन पाईएन । उनी पीर गर्न थालिन, उनको घरबाट फोन आउँदा उनी बहाना बनाउदै थिईन आस्माले ढिला गरि के दाजु, उस्को अफिसबाट बिदा मिलेन त्यसैले साँझको शो हेरेर आउँदै छौ । म ट्याक्सीमा आइहाल्छु ट्याक्सी बुक गरेर उनलाई पर्याउन गए, कोठा नजिकै पुगेपछि उनले मलाई छोडी दिन भनिन मलाई ट्याक्सी लिएर कोठा जान भनिन् । मैले हस भनेर ट्याक्सीमा चक्रपथसम्म मात्र आए । आउन जान आठ सयमा वार्गेनिगं गरेको । पैशा किन खर्च गर्ने ट्याक्सीलाई पाँचसय दिए । चक्रपथमा गाडी चल्ने रातीसम्म म पन्ध्र रुपैयामा कोटेश्वरमा पुगे, हिड्दै कोठा आए खाना पकाए खाएर के पल्टिएको उनको फोन आयो

उनीः खाना खाइयो राजा ।
मः भर्खरै खाए अनी हजुरले नी मैया, घरमा गाली त गरेन्न नी ।
उनीः घरमा अली कडा नै छन् हो, अनी अर्को कुरा नी आजदेखि मैया र हजुर सबै छोड्ने भन्देको छु, मात्र सपना
मः सपना त अपना हुँदैन नी मैया
उनीः मैया रे मात्र सपना र मलाई तिमि यूज गर्ने यू नो बेबी
मः बेबी ?
उनीः सरी भन्दैन अब, कोही होला नी बेबी भन्ने के भर राजधानीमा बस्नेको (रिसाउदै)
मः पुर्णिमा औँशि परेको छ कस्तो हेर्न आतुर भए, प्लिज भिडियो कल है ।
उनीः पाँच मात्र है । दादा हजुर थाहा पाए मारसिन्छ ।

भिडयोकलमा हामी करिब आधा घण्टा जती कुरा भयो । उनले पाँच मिनेट भनेको आधाघण्टा मेरो पच्चिस मिनेट खर्च भयो । आधाघण्टा मात्र होईन अनुमती छ, भने त पुरै जीवन नै डियर । भोलीको कलेज छ मत सुत्छु होमवर्क छ, भन्दै उनी छुट्टीने कुरा गरिन म चाँही अझै कुरा गर्ने मुडमा थिए । रत्नराज्य क्याम्पस नजिकै रेडक्रसको कार्यालय थियो । भुकम्पले भवनमा क्षतिभएपछि त्यहाँ केही समयको लागि रेडक्रसको अस्थायी कार्यालय खुलेको र त्यसको अगाढीको भागमा घाम तापने चिया खाने विद्यार्थीको भिड हुन्थ्यो । हामी कलेज सकिएपछि त्यही सुन्तला खाएर केही समय बेतित गर्थेउ । मेरो अफिस भएपछि म अफिस तीर उनी नेपालटार…………………।

बिदाको दिन उनले भक्तपुर दरबार स्क्वायर जान मनसाय बनाईन् । मैले नाई भन्नै नसक्ने मलाई पनि उनीसँग समय व्यतित गर्ने रहर थियो । मैले साथिको मोटरसाइकलमा विहान करिब ११ बजे चक्रपथ (नारायण गोपाल चोक) बाट हिड्यौ उनी टिचिगं अस्पातालमा उपचार गर्न बाहाना सहित आएकी थिईन । खुट्टाको नसामा समस्या थियो रे । भक्तपुरमा दरबार स्क्वायर र पोखरीमा घण्टौ बिताए पछि हामी फकियौ । फर्किएको तीन बजे नै हो तर बाटोमा मोटरसाईकलले धोका दियो । बनाउनै धेरै समय लाग्यो । करिब छ बज्नै लाग्दा बल्ल ग्यारेजवालाले मोटरसाकल बनेको जनाउ दियो । दाजुको फोन आउदा उनीले साथीको भएको बताईन उताबाट छिटो आउन उनलाई निर्देशन जारी भयो । गौशालाबाट अली अगाडी उनी केही बोल्न खोज्दै उनी नर्भस भईन

मः मेरो डियरलाई डर लागीरहेको छ ?
उनीः होइन, केही भन्न खोजेको यार ।
मः म चकित (यार पहिलो पटक) अनी के भो ? यार (त्यसैगरी जिस्किदै)

चावहिलबाट सुकेधाराबाटो कट्नै लाग्दा धुमबाराही चप्पल काराखाना नपुग्दै मोटरसाइकल रोकिन । खाली ठाउँ नजिकै एउटा रुख निर गएर उभिईन । मोटरसाकल साइड लगाएर उनी उभिएको ठाउँमा गए, के भयो ? सपना किन ? यसरी रोकेको ? घरजान ढिलो भयो होइन र ? झमक्क साँझको समय गाडीहरुले हेडलाइट बालेर सवारी गरी रहेका थिए । तेही लाईटले उनको अनुहार झल्याझुलुक देखिएको थियो । निन्याँरो मुख लगाउदै उनी मलीन स्वरमा भनिन तिम्रो केटी साथी छ कि छैन् ? मसँग फ्रड त गरि रहेको छैनौ ? नी । मैले उनलाई सम्झाउने कोशिस जारीमै रहे । उनलाई विश्वास दिलाउन मसँग अरु उपाय थिएन । खै मलाई के भयो उनलाई दुई हातले समाते र उनको निधारमा किस गरे अनी भने मलाई विश्वास गर सपना । उनले झ्याप्प अंकमाल गरिन केही बोलिन्न । हामी निशब्द भयौ अगाढी बढ्यौ । उनलाई चक्रपथ देखी अगाढी छोडरमा म कोठा फर्किए , बाटोमै साथिलाई मोटरसाएकल दिएर टेम्पोमा कोठा गए । त्यो रातीको फोनको वार्तालाप अति नै मिठो भयो । रातभरी हामी बीच भावनात्मक कुराकुरा साटासाट भयो ।

केही समयको अन्तरालपछि पढाईमा ध्यान है, खाजा खान जान बन्द उनको निर्देशन जारी भयो । म चाँही उनीसँग बढी समय बिताउन चाहन्थे । तर पढाईमा बढी फोकस गर बुद्धु, पछि आलु आलु आउला परीक्षा । हामी यती नजिक भई सकेका थियौ । तिमि र यार भन्ने शब्द समेत हामी बीच प्रयोगमा आएका थिए । पढाईमा कमजोर म उनले भने झै भयो, मेरो पहिलो बर्ष परीक्षामा बिषयहरु लागे त्यसका पछाडी मेरा व्यक्तिगत कारण पनि त्यो अर्को कथामा सविस्तार गर्नेछु । हरेक साँझ हामी एक पटक कुरा गर्ने गर्थेउ, बिशेष गरी अप्रत्यष रुपमा वैवाहिक जीवन कस्तो हुनु पर्छ भन्ने बिषयमा, अनि छोरा छोरी जनमाउने कसरी पालनपाषण र शिक्षा दिने । पहिलो बर्षमा सबै बिषय अनिवार्य भएपनि दोस्रो बर्षमा अकाउन्ट वा फाइनान्स कुन बिषय पढ्ने त्यसको अनुसार कक्षा बस्नुपर्ने । सँगै बस्ने भएका कारण हामी एउटै बिषय पढ्नमा त पुग्यौ तर कारण उनले अकाउन्ट र मैले फाईनान्स पढ्ने कुरा भयो । अब हाम्रो भेट क्याम्पस सकिएपछि मात्र सम्भब भयो, फोन र फेसबुकमा उनी धेरै कुरा नगर्ने । पढाइ राम्रै भएर नै उनि पहिलो बर्ष राम्रो अंकका साथ पास भएकी थिईन ।

एकदिन अचानक फोेन गरिन उनको फोन देखेपछि कक्षाकोठामा फोन रिसिभ गरे कक्षा छोडेर मलाई खाजा जाउँ भनीन मपनि उनले भनेपछि बीच मै बाहिर आए । खाजा खाने ठाउँ बनाना क्याफे खुबै चलेको । क्याम्पसको विपरित दिशातर्फ अलि भित्र जहाँ पढ्न छोडर गफ छोडेर विद्यार्थीहरु बसेका देखिन्थे । उनी पनि त्यही एक कुर्चीमा बसेकी थिइन अलि नर्भस देखिन्थिन । उनलाई देखेर म झनै डराएको थिए । के भएको रहेछ ? कक्षा नछोड्ने मान्छे, आज बाहिर छ, निरास छ, के भयो होला ? सोच्दै उनको नजिक पुगे र एक कुर्चीमा बसे कुराको शुरुवातमा खाजा खाने सोधे उनले बनाना चिप्स पहिले नै अडर गरेकी रहेछिन् । उनी धेरै केही वोलीन्न ।

उनीः भोलीमा सुर्खेत जादै छु ।
मः (अलि निराउँरो मुख लगाउदै) किन नी ? घरमा केही समस्या छ र ?
उनीः नाई बुवालाई अलि सन्चो भएन रे, उपचारकालागि यहाँ आउन नी मानसियन, मलाई वोलाईसिएको छ ।
मः बुवालाई सन्चो भई हाल्छ नी किन आत्तिएको मैया, बुवालाई भेटेर आउने नी, विहे नै गरि दिन लागेको झै किन तनाब मैया रानी ?
उनीः अँ म सुर्खेत गएको बेला घरबाट बिहे गरि देलान अनि थाहा होला । अनी केही नबोली दाजुसँग आफ्नै गाडी जाने ढिलो हुन्छ भन्दै उनि त्यहाँ गईन ।

मेरो मन शान्त भएन आज किन अचानक झर्केको होलान ? म बाट केही गल्ति भयो की ? गल्ति भएको भए सुर्खेत जानुभन्दा अगाढी किन भेट्न आएको होला ? मनमा कौतुहतला बढ्दै गयो । साथिसँग झोला बनान क्याफे ल्याउन भने र म कार्यालयतर्फ लागे । मेरो बसेको अर्को टेबलमा खुबै राजनीतिक बहस हुदै थियो । नेवि संघको अलि बढी नै फुर्तिफार्ती चल्छ, त्यो क्याम्पसमा स्ववियू पनि जितेको रे । सबैको संगठन पनि आफ्नो भूमिका देखाउन गतिविधिहरु गर्ने र विद्यार्थीसँग आफ्ना बहस र छलफल मै देखिन्थे ।

लाग्थ्यो कक्षा छोडेर यिनीहरुकै कुरा सुनौर पुतली सडकमा गएर टायर बालौ । होइन होइन म काठमाण्डौ मास्टर गर्न पो आएको । एक ठाउँमा जागिर पनि गर्छु । मास्टर लेभलमा मात्र राजनीति गफ हुन्छ, ठानेको त ब्याचुलर लेभलमा त झन त्यसको प्रभाब रहेछ । दिउँसो कक्षा हुने विद्यार्थीहरु नयाँ विद्यार्थीलाई सहयोग गर्न भनेर विहानै क्याम्पसमा पुग्थे । उनी मसँग छुटिएपछि फोन नै नलाग्ने भयो उनको फेसबुक उनी त्यसैपनि धेरै कम चलाउने । उनीसँगको सम्पर्क नहुने भयो । म एकदमै चिन्तित भएको थिए बनाना क्याफेमा उनले भनेको कुरा घरकाले मेरो बिहे गरिदिन्छन अनी खानु, किनभने होला ? म कुनै समयको पर्खाइमा थिए । राम्रो जागिरको पर्खाईमा थिए । जहाँसम्म उनलाइ खुसी बनाउने प्रयासमा म हुन्थे, मसँग हुँदा उनी सधै हाँसी हुन्थिन । ठकुरीकी छोरी पो उनी, खाए पियको शरिर, कस्ति सुन्दर । उनीसँगको विछोड पछि हाम्रो कुराकानी भएन बस उनीसँग बिताएका पल मेरा दिन काट्ने साथि भए ।

एमविएसको दोस्रो बर्षको परीक्षाको पछिको कुरा हो । एउटा फाईनान्स कम्पनीले एकाउन्टेन आबेदन खुल्ला गरेको थियो । आबेदन मैले दिएको थिए । फर्म सब्मिट गरेको दुई हप्तापछि साँझ लेण्डलाईनबाट फोन आयो सर म फलानो फाईनान्स कम्पनीबाट हजुरको भोली अन्र्तवार्ता छ, ज्ञानेश्वर कार्यालयमा पुग्नु होला चार बजे है । भनेर फोन राखियो । एकाउन्टेण्डको जागिर ३५ हजार तलब अरु सुबिधा पनि । म अर्को दिन अन्र्तवार्ताका लागि ज्ञानेश्वर गए ठाक्कै ठाउँ पत्ता नलागेपछि हिजो आएको फोनमा फोन गरी स्थान एकिन गरे ।

आफ्नो चस्मा खोल्दै उनले मलिन स्वरमा भनिन् हामीले माग गरे बमोजिम हजुरको डकुमेन्ट पुगेन माफ गर्नुस् । पढाई मेरो कमजोर नै हो, नम्बर बढी नआएर सायद मेरो योग्यता पुगेन छ । हवस् भन्दै म उठे र जागिर त भएन एक पटक हाकिमलाई त हेरौ न मनमनै सोचे उनी तर्फ हेरे । अनायासै धड्कन बढ्न थाल्यो, दुवै ओठ, हात खुट्टा काप्न थाले, जीउ गले झै भयो मात्र मुखबाट एक शब्द निस्कियो- पार्वती !

कार्यालयमा पुगेपछि सर बस्नुस् अन्र्तवार्ताको लागि आउनु भएको होला ? सोधपुछ कक्षमा बसेकी कर्मचारीको कुरामा मैले सहमती जनाए । अन्तवार्ता क्रम शुरु भएको छ । हजुरको पालो आएपछि म खबर गर्छु हस् सर बस्दै गर्नुस । मैले उनको अनुरोधलाई स्वीकार गर्नुको विकल्प मसँग थिएन । आधा घण्टा जती पछि मेरो पालो आयो । अन्र्तवार्ताका लागि पालो आयो भित्र गए । हे भगवान सफल होस् राम्रो तलब होस् र पार्वतीलाई नेपालटार होस् चाहे सुर्खेत गएर भएपनि प्रेम प्रस्ताब गर्छु । तर सम्पर्क नभएको करीब एक बर्ष पाँच महिना भई सकेको थियो । दोस्रो बर्षको परीक्षा दिईन कि दिईन्न । थाहा छैन् । अन्तर्वार्ताका लागि भित्र पस्ने अनुमती के लिएको थिए ।

घुम्ने कुर्चीमा रातो साडी, मगंलसूत्र, सिन्दुर पोते र कोट लगाएकी अलि मोटी महिलाको आवरण मेरो नजर ठोकियो श्रृङ्गारले होला सायद या मेरो अन्र्तवार्ता कस्तो होला भन्ने अलिकती उत्सुकता र डरले मैले धेरै नियाल्ने प्रयास नगरी त्यही उभिए । मेरो डकुमेन्ट हेर्दै गरेकी म्यामले मलाई बस्न आग्रह त गरिन तर केही नबोली एकछिन्, चुप लागिन । मैले उनलाई हेर्ने आँट गर्न सकेको थिएन । जागिर खानु छ, पार्वतीलाई प्रेम प्रस्ताब गर्नुछ अनी घरबार पनि ।

आफ्नो चस्मा खोल्दै उनले मलिन स्वरमा भनिन् हामीले माग गरे बमोजिम हजुरको डकुमेन्ट पुगेन माफ गर्नुस् । पढाई मेरो कमजोर नै हो, नम्बर बढी नआएर सायद मेरो योग्यता पुगेन छ । हवस् भन्दै म उठे र जागिर त भएन एक पटक हाकिमलाई त हेरौ न मनमनै सोचे उनी तर्फ हेरे । अनायासै धड्कन बढ्न थाल्यो, दुवै ओठ, हात खुट्टा काप्न थाले, जीउ गले झै भयो मात्र मुखबाट एक शब्द निस्कियो– पार्वती !

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

[कथा] यादमा ग्रिन कलर

डम्मर बम आरधान, स्तुति र प्राथना पूजामा सबै व्यस्त । हातमा पुजाको थाली अनि श्रीगांरले …

प्रतिकृया दिनुहॊस