बीपी प्रतिष्ठानका उपकुलपति गिरीलाई कोरोना पुष्टि

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण भएको छ । उपकुलति गिरीले आफूलाई संक्रमण देखिएको वीपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेका हुन् ।

सोमबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनलाई संक्रमण देखिएको हो । उपकुलति गिरीलेलाई हालसम्म कुनै लक्षण भने देखिएको छैन । उनले फेसबुक पेजमा लेखेका छन्- ‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रुपमा जिम्मेवारी निर्वाह गर्ने क्रममा सम्पूर्ण सुरक्षाका उपायहरु अपनाउँदा अपनाउँदै र साथै दुई हप्ताको अन्तरालमा नियमित परीक्षण गर्दैगर्दा पनि मलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।’

उपकुलति गिरीले आफू कोरोना पुष्टि भएपछि आफ्नै आवासमा आइसोलेसनमा बसेको बताएका छन् । उपकुलपति गिरीले आफूसँग सम्पर्कमा आएका सबैलाई पीसीआर जाँच गरेर सजगता अपनाउन पनि अनुरोध गरेका छन् । आफू होम आइसोलेसनमा बसे पनि प्रतिष्ठानका दैनिक कार्यहरु आइशोलेसन कक्षबाटै नियमित रुपमा सञ्चालित हुने उनले बताएका छन् ।

आदरणीय सम्पुर्ण शुभचिन्तकहरु,वी. पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रुपमा जिम्मेवारी निर्वाह गर्ने…

Gepostet von BPKIHS am Montag, 14. September 2020

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस