विद्युतको पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

पर्वत । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ  पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो ।

बाग्लुङ नगरपालिका–१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।

अवरुद्ध भएको विद्युत् लाइन मर्मतका लागि शर्मा साँझ साढे ७ बजे पोलमा चढेका थिए । उनलाई करेन्ट भने नलागेको वितरण कन्द्रले जनाएको छ । मृतक शर्मा नेपाल विद्युत् प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए । शव परीक्षणका लागि पर्वत अस्पतालको शवगृहमा राखिएको छ । आज परीक्षण गरेर परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस