दसैंको मुखमा खुल्ने भयो यातायात र हवाई सेवा

काठमाडौं । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको हो ।

पर्यटन मन्त्री योगेश भट्टराईनका अनुसार स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो । सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो ।

तर, सरकारले पिसिआर परीक्षण सहज भएका मुलुकमा भदौ १६ बाट हवाई उडान खुलाइसकेको छ भने विदेशमा रहेका नेपालीलाई ल्याउन चार्टर उडान भरिँदै आएको छ ।

दसैंतिहार जस्ता चाडपर्व नजिकिँदै जाँदा सरकारले लामो दूरीको यातायात र आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको हो । यद्यपि, आन्तरिक उडान देशभर खुलेको हो वा हिमाली, तथा पहाडी जिल्लामा मात्र भनेर आधिकारिक विववरण सार्वजनिक भइसकेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (बिहीबार) घटेको छ । बुधबार …

प्रतिकृया दिनुहॊस