डब्ल्युएचओले भन्यो- ‘भारतको कोरोना संक्रमण विश्वकै तीव्र’

काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा एकै दिन हालसम्मकै धेरै कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । पछिल्लो २४ घण्टामा विश्वभर थप ३ लाख ७ हजार ९३० जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टाभित्र थपिएको संक्रमतिको यो संख्या अहिलेसम्मकै बढी भएको डब्लूएचओले जनाएको छ ।

त्यसमा पनि सबैभन्दा बढी संक्रमित छिमेकी मुलुक भारतमा थपिएका छन् । भारतमा ९४ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको डब्लूएचओको रिपोर्टले जनाएको छ । यसपछि क्रमशः अमेरिकामा ४५ हजार ५ सय २३ र ब्राजिलमा ४३ हजार ७ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अवधिमा अमेरिका र भारत दुवै देशमा कोरोनाका कारण हजारभन्दा बढी मानिसको मृत्यु भएको डब्लूएचओले जनाएको छ । डब्लूएचओको तथ्यांकअनुसार बितेको २४ घण्टामा ब्राजिलमा ८७४ जनाको मृत्यु भएको छ । विश्वभरमा भने ५ हजार ५ सय जनाको जयन गएको छ। योसमेत गरेर विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख १७ हजार ४ सय १७ पुगेको डब्लूएचओको तथ्यांकमा उल्लेख छ ।

सबै जोड्दा विश्वमा कोरोनाबाट संक्रमण भएका व्यक्तिको संख्या २ करोड ८० लाख नाघिसकेको डब्लूएचओले जनाएको छ। तीमध्ये लगभग आधा मानिस अमेरिकाका छन् । डब्लूएचओका प्रवक्ताका अनुसार यसअघि २४ घण्टामा सबैभन्दा बढी संक्रमण पुष्टि सेप्टेम्बर ६ मा भएको थियो। त्यस दिन ३ लाख ६ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको थियो । डब्लूएचओका अनुसार सेप्टेम्बेरयता भारतमा कोरोना संक्रमणबाट दैनिक हजारभन्दा बढी मृत्यु भइरहेको छ । –एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस