चार जिल्लामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । देशका चार जिल्लामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङका दुई तथा महोत्तरी, चितवन र रूपन्देहीका एक/एक जना संक्रमितको मृत्यु भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई जना संक्रमितको मृत्यु भएको हो। मोरङको धनपालथान–६ का ४० वर्षीय पुरुषको गएराति ८:४५ बजे निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए।

उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा शुक्रबार प्रतिष्ठानको ल्याबबाट सङ्क्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो ।

यसअघि हिजो दिउँसो विराटनगर–१२ का ७० वर्षीय पुरुषको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको थियो। उनलाई विराटनगरस्थित म्याक्स अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो। उनलाई १६ भदौमा कोराना पुष्टि भएको थियो।

यसैबीच, महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ। कोरोना संक्रमण भई ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि २२ भदौमा प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएका उनको आइतबार मृत्यु भएको प्रदेश–२ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विजय झाले बताए।

यस्तै, चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी (पूर्व) गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ। ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई १५ भदौमा अस्पतालमा भर्ना भएकी उनमा १७ भदौमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको गएराति ११ः३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए।

रूपन्देहीको कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुकी कोरोना संक्रमित एक महिलाको पनि आज मृत्यु भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा बिहान ४ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

२१ भदौमा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मिर्गौलाको डाइलासिस गराउन पुगेकी ती महिलामा कोरोना पोजिटिभ देखिएपछि कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्रीसँगको भेटपछि स्वदेश फर्किँदै कतारका अमिर

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् ।

प्रतिकृया दिनुहॊस