ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर बाग्लुङ्गको बलेवामा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका बलेवा, नारायणस्थानमा यो एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ ।

एक्सटेन्सन काउण्टरको उद्घाटन बाग्लुङ्ग क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले गरेका हुन्। सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखासहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस