सुन चाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौँ । सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले घटेर प्रतितोला ९६ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको ९६ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । सोमबार चाँदीको मुल्य तोलामा १० रुपियाँले बढेर १३ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस