सिन्धुपाल्चोक पहिरो ९ जनाको शव भेटियो, २२ बेपत्ता [अपडेट]

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका ३२ जना मध्ये ९ जनाको शव फेला परेको छ ।

बाह्रविसे नगरपालिका-७ को भिरखर्क, नागपूजे र नेवा टोलमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ९जनाको शव भेटिएको  छ ।

मृत्यु हुनेमा वडा नम्बर ७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया प्रधान रहेका छन् ।

२२ जना अझै बेपत्ता छन् । उद्धार कार्य जारी छ ।’

गएरातिको पहिरोले दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा ७ र भिरखर्कमा १० घर पुरिएका हुन् । बेपत्ताहरूको खोजी गर्ने प्रयास जारी छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस