चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु

चितवन । जिल्लामा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । उनको आज बिहान ६ बजे मृत्यु भएको हो ।

दीर्घ रोगी उनको भदौ ११ गते नमूना सङ्कलन गरिएको थियो । भदौ १५ कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेकी थिइन् । यसअघि खैरहनी नगरपालिकामा १०८ वर्षीया वृद्धाको घरमै मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो ।यससँगै

जिल्लाका कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । बाहिरी जिल्लाका सहित यहाँ उपचारका क्रममा मृत्यु हुनेको संख्या भने २७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस