~~~मूल्य ~~~~~

महेशराज खरेल 

बिश्वाशमा खडेरी परेछ भन्याै,
याे कुरा तिमीले कसरी जान्याै?
हाे कि त भनी मनलाई टटाेले,
गहिराे गरि मनलाई खाेतले,
छामेर हेरे,हराउला कि भनि
सबैतिर बेरी  ,ढक्ढकाए ,टक्टकाए,
खाेलेरै हेरे,काेट्यारएर हेरे,
कुनाकानी,चेपचाप सबै केरे,
छेउ भित्ताे,तलमाथि,अगि पछि,सबै बुने
भेटिन कही, खुब खाेजे
मनमनै साेचे,
मनै त हाे बिश्वास् राेप्ने
मनै त हाे बिश्वास बाेक्ने,
मनै हाे बिश्वास् पनि पाेख्ने
भेटे बिश्वास गडेर गहिराे जरामा अडेकाे
तर भेटिन कहि कतै अबिश्वासकाे बीउ बढेकाे
चहाना राखे, छ कही भने
देखियाेस् अनि भेटियाेस्  भनी
तर देखिएन कही
एक पटक तिमी
आफ्नाे मनलाई नियाल्छाै कि प्रीय,
अड्केकाे छ कि अबिश्वासकाे बिऊ
त्यही आफैमा कही।।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

स्वच्छन्दता

महेशराज खरेल   म पुग्छु उडेर हिमाल माथि तिमी मलाई हेरिरहु साथी बादल हातले पन्छाउँदै …

प्रतिकृया दिनुहॊस