काठमाडौं र ललितपुरका यी क्षेत्रमा आज दिनभर विजुली नआउने

काठमाडौं । काठमाडौं र ललितपुरका अधिकांश स्थानमा आज दिनभर विजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत क्षमता विस्तार र संरचना सार्नका लागि आज बिजुली आपूर्ति बन्द हुने भएको हो ।

आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिजुली काटिने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । कुलेश्वर वितरण केन्द्र अन्तर्गत बालाजु स्वयम्भू फिडरको चक्रपथ विस्तार कार्यक्रम अन्तर्गत विद्युतीय संरचना सार्ने भएकाले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिजुली आउने छैन् ।

स्वयम्भू, अजिमा हल, भगवान पाउँ, सानो भर्‍याङ्ग, ठूलो भर्याङ्ग, इचंङ्गु, हलचोकलगायतका ठाउँहरुमा विद्युत अवरुद्ध हुने भएको छ । त्यस्तै ललितपुरको पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर विस्तार गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म धोविघाट नयाँ बाटो, मेघा हस्पिटल, पट्टीपा चोक, सिद्धार्थ कटेज, ढुङ्गेधारालगायतका क्षेत्रहरुका लाइन अवरुद्ध हुने भएको छ ।

बालाजु वितरण केन्द्रको विष्णुमति फिडरअन्तर्गत पर्ने काठमाडौ महानगरपालिका–१५ र १६ को चक्रपथ क्षेत्रमा विद्युतीय संरचनाहरु सार्न बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म वनस्थली, गंगाहल, माछापोखरी, बालाजु वाइपास, वसन्तनगर, न्यायीक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुललगायतका क्षेत्रहरुमा लाइन अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ । विद्युत् मर्मतका लागि भन्दै शुक्रबार पनि विभिन्न ठाउँमा बिजुली काटिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिष्थितिमा पनि उत्साहजनक सहभागिता

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । एक्स्पो आयोजक …

प्रतिकृया दिनुहॊस