सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीनबीच पाँच बुँदे सहमति

काठमाडौं । भारत र चीनले दुई देशबीचको सीमा क्षेत्रमा देखापरेको तनावलाई कम गर्ने विभिन्न पाँच बुँदे सहमति गरेका छन् । बिहीबार दुई देशका विदेशमन्त्रीहरु बीच भएको छलफलमा सो सहमति भएको हो ।

‘सीमामा देखिएको अहिलेको अवस्था दुवै पक्षको हितमा नरहेको’ मा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यी सहमत रहेको बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ । त्यस्तै, दुवै देशले सीमाबारे गरिएका सहमति र नियमलाई पालना गर्दै सीमामा शान्ति कायम गर्ने र स्थितिलाई तनावपूर्ण बनाउने कुनै पनि काम नगर्ने पनि सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

रुसले आयोजना गरेको सांघाई कोओपरेसन अर्गनाइजेसन समिटको साइडलाइनमा दुई नेताबीच छलफल भएको थियो । लाइन अफ एक्चुअल कन्ट्रो (एलएसी) भनिने ३ हजार ४८८ किलोमिटर लामो सीमा क्षेत्रमा भारत र चीनले गत मे महिनादेखि सैन्य उपस्थिति बढाउँदै आएको छ । तनाव बढ्दै गएपछि केही दिन अघि दुई देशको सीमामा सन् १९७५ पछि पहिलोपटक गोली प्रहार भएको थियो ।

विवादलाई कम गर्न सैन्य कमान्डर र कुटनीतिज्ञहरुबीच विभिन्न चरणको वार्ता तथा वाङ र जयशंकरबीच दुईपटक फोनवार्ता भए पनि तनाव कम हुन सकेको थिएन । यसअघि, मस्कोमा भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ समकक्षी वेई फङ्घेबीच तनाव कम गर्ने सहमति भएको केही दिनपछि नै सीमामा पुनः तनाव बढेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस