यूनियन लाइफको जीवन दिप बीमा योजना सार्वजनिक

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले ‘जीवन दिप बीमा’ योजना नामक नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

ग्राहकहरुको बृहत्तर हितलाई ध्यानमा राखी न्युन बीमाशुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने गरी नविनतम प्रकारको म्यादी जीवन बीमा योजना ल्याईएको र यसबाट बृहद लाभ लिन सकिने कम्पनीले जनाएको छ ।

न्युन बीमाशुल्कमा अधिक लाभ लिन सकिने जीवन दिप म्यादी जीवन बीमा योजना उत्कृष्ट र सस्तो प्रकारको रहेकाले न्युन आय भएका बर्गका मानिसहरुले पनि सहजै बीमा गर्न सक्ने अवस्था भएको कम्पनीले जनाएको छ ।

उक्त बीमा योजना अन्तर्गत प्राकृतिक रुपमा बीमा गर्नेको मृत्यु भएमा बीमाङ्क रकम, दुर्घटनाबाट मृत्यु भएमा करारमा उल्लेखित थप बीमाङ्क र दुर्घटनाबाट पूर्ण अंगभंग वा शारिरीक अशक्तता भएमा बीमालेखको अवधी सम्म बीमाशुल्क छुट र नियमित रुपमा मासिक आय सुविधा समेत उपलब्ध गराईने ब्यवस्था रहेको छ ।

ब्यक्तिगत तथा संस्थागत रुपमा समेत बीमा गर्ने सुविधा रहेको उक्त बीमा योजना अन्तर्गत न्युनतम ३ लाख बीमाङ्क र अधिकतम आयश्रोतको आधारमा आवश्यक्ता अनुसार बीमाङ्क निर्धारण गरी बीमा योजना लिन सकिने सुविधा रहेको छ ।

उक्त बीमा योजना १६ बर्ष देखि ६० बर्ष उमेर समूहका ब्यक्तिहरुले ५ बर्ष देखि २५ बर्ष सम्मको अवधीका लागि लिन पाउने ब्यवस्था गरिएको छ । बार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सकिने भएकाले उक्त बीमा योजना बीमा गर्न चाहनेहरुको लागि उपयुक्त बीमा योजना भएको कम्पनीले जनाएको छ ।
जीवन दिप बीमा योजना नबिन बिशेषता भएको, न्युन शुल्कमा अधिक बीमाङ्क रकमको बीमा गर्न सकिने र व्यक्तिगत तथा संस्थागत रुपमा समेत लिन सकिने भएकाले यो योजना आम मानिसहरुको रोजाईमा पर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले दाबी गरेका छन् ।

खासगरी कर्पोरेट, सहकारी, उद्योग प्रतिष्ठान, यातायात, संघ संस्था, कलेज, स्कुल, असंगठित क्षेत्र लगायतका ब्यक्तिहरुको लागि उपयोगी बीमा योजना रहेको उनको भनाई छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस