भारतमा कोरोनाबाट एकैदिन ११ सय ७२ जनाको मृत्यु, ९५ हजार संक्रमित

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय ७२ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ७५ हजार ६२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९५ हजार ७३५ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४४ लाख नाघेको छ । भारतमा कुल संक्रमित ४४ लाख ६५ हजार ८६४ पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ३४ लाख ७१ हजार ७८४ जना ठिक भएका छन् । त्यस्तै ९ लाख १९ हजार १५ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल ५ करोड २९ लाख ३४ हजार ४३३ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ११ लाख २९ हजार ७५६ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस