भारतले उछिन्यो ब्राजिललाई, अमेरिकापछि संक्रमितको संख्या भारतमा धेरै

काठमाडौं । विश्वमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङख्या अमेरिकापछि अब भारतमा धेरै भएको तथ्याङ्कले देखाएको छ । यसअघि सङ्क्रमित हुनेको सङ्ख्या भारतमा भन्दा ब्राजिलमा बढी थियो ।

अहिले भारतमा सङ्क्रमित हुनेको सङ्ख्या ४२ लाख पुगेको छ भने त्यहाँ सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७२ हजार नाघेको छ । देशको जनसङ्ख्याको हिसाबले कोभिडका कारण मानिसको मृत्यु हुने सङ्ख्या तुलनात्मक रूपमा भारतमा कम मानिन्छ । तर तीव्र गतिमा भाइरसको सङ्क्रमण ग्रामीण भेगसम्म फैलिँदै गएपछि चिन्ता बढेको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ६२ लाख भन्दा बढी मानिसमा सङ्क्रमण देखिसकेको छ । त्यसपछि भारतमा ४२ लाख र तेस्रोमा ब्राजिल परेको छ जहाँ ४१ लाख भन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । स्रोत : बीबीसी नेपाली

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खुल्यो कांग्रेस सांसद टेकबहादुर गुरूङको संसद जाने बाटो

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार सर्वोच्च अदालतले …

प्रतिकृया दिनुहॊस