आईपीएलको पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने

काठमाडौं । मुम्बई इन्डियन्सले सेप्टेम्बर १९ मा चेन्नई सुपर किंग्ससँग खेल्दै यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा उपाधि बचाउ अभियान सुरु गर्ने भएको छ । गत सिजनमा यही दुई टोली फाइनलमा भिडेका थिए । मुम्बईले नाटकीय खेलपछि उपाधि उचालेको थियो ।

गत वर्ष फाइनल खेलेका दुई टोली नै अर्को वर्ष आईपीएलको पहिलो खेलमा खेल्ने परम्परा रहँदै आएको छ । तर कोभिड–१९ को महामारीका कारण यूएईमा सारिए पनि आईपीएल आयोजना अन्योय यथावत रहँदै आएको थियो र खेलतालिका प्रकाशित हुन सकेको थिएन ।

आईपीएलले आइतबार खेल तालिका प्रकाशित गरेको छ र त्यसमा मुम्बई र चेन्नईले अबुधाबीमा पहिलो खेल खेल्नेछन् । दोहोरो राउन्ड रोबिनमा हुने खेलमा अबुधाबीले २०, दुबईले २४ र शारजहाँले १२ खेल आयोजना गर्नेछन् ।
मुम्बई र कोलकाता नाइट राइडर्सले अबुधाबीमा ८–८ खेल खेल्नेछन् ।

सनराइजर्स हैदराबादले दुबईमा ८ तथा किंग्स ११ पञ्जाब, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोरले दुबईमा समान ७ खेल खेल्ने छन् । राजस्थान रोयल्सका खेल बाँडिएका छन् र टोलीले दुबईमा ६, अबुधाबीमा ५ र शारजहाँमा ३ खेल खेल्नेछ ।

नेपाली स्टार सन्दीप लामिछानेसम्मिलित दिल्ली क्यापिटलले दोस्रो दिन अर्थात सेप्टेम्बर २० मा पन्जाबसँग दुबईमा खेल्नेछ । २१ मा हैदराबाद र बैंग्लोरबीच तथा २२ मा राजस्थान र चेन्नईबीच खेल हुनेछ । कोलकाताले सेप्टेम्बर २३ मा आएर चेन्नईसँग आफ्नो पहिलो खेल खेल्नेछ । दिल्लीले २५ मा आफ्नो दोस्रो खेल चेन्नईसँग खेल्नेछ ।

एकदिनमा २ खेल अक्टोबर ३ बाट सुरु हुनेछ । नोभेम्बर ३ मा राउन्ड रोबिनको खेल सकिनेछ । कान्तिपुर दैनिकमा खबर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस