मेसी भन्छन्- ‘बार्सिलोना छोड्न सकिनँ’

काठमाडौं । लियोनेल मेसी यो सिजन बार्सिलोनामै बस्ने भएका छन् । गोल डट कमसँगको अन्तर्वार्तामा मेसीले आफु बार्सिलोनासँग रिलिज क्लजको बारेमा कानुनी लडाई नलड्ने स्पष्ट गर्दै आफ्नो सम्झौताको अवधि भर बार्सिलोनामै बस्ने बताएका छन् ।

मेसीले आफु फ्री-ट्रान्सफरको बारेमा निश्चित भएरनै बार्सिलोना छोड्ने इच्छा व्यक्त गरेको भन्दै अध्यक्षले सिजन सकिएपछि नै जाने या बस्ने बारे निर्णय हुने आफुलाई बताएको आफ्नो अन्तर्वार्तामा उल्लेख गरेका छन् । तर अहिले अध्यक्ष र ला लिगा दुवैले जुन १० सम्म नै जानकारी गराउनु पर्थ्यो भनेर भनिरहेको मेसीले बताए ।

मेसीले यहि कारणले आफुले बार्सिलोनामा निरन्तरता दिने बताए । मेसीले अध्यक्षले अहिले बार्सिलोना छोड्ने एउटै उपाय ७ सय मिलियन युरोको रिलिज क्लज अनुसार नै रहेको बताएकाले यो सम्भव नदेखिएकाले आफु यो सिजन बार्सिलोनामै बस्ने निर्णय गरेको बताएका छन् ।

कानुनी लडाई लड्ने अर्को उपाय भए पनि आफु बार्सिलोनाविरुद्ध अदालतमा कहिल्लै नजाने बताउदै मेसीले त्यो बाटो आफुले नरोज्ने बताए । ‘जुन क्लबले मलाई सबथोक दियो त्यसको विरुद्धमा म अदालत जादिन ।’ मेसीले भनेका छन् । मेसीले अगाडी भनेका छन्, यो क्लब मेरो जीवन हो, मैले मेरो जीवन यहि बनाए । बार्सिलोनाले मलाई सब थोक दियो, मलाई थाहा छ मैले कहिल्लै बार्सिलोनालाई अदालतमा लैजाने काम गर्दिन ।’

मेसीले आफुले आफ्नो परिवारलाई बार्सिलोना छोड्न लागेको जानकारी गराउदै सबै जना रोएको बताए । उनले आफ्नी श्रीमती र छोराहरुले बार्सिलोना नछोडन भन्दै रोएको मेसीले बताएका छन् । मेसीले आफुले बार्सिलोना भन्दा उत्कृष्ट क्लब नदेखेको बताउदै आफु क्लब र आफ्नो हितको लागि छोड्ने निर्णयमा पुगेको स्पष्ट गरेका छन् । मेसीले आफ्नी श्रीमती र छोराहरुले अति दुख मानेरै भएपनि मेरो निर्णयमा समर्थन गरेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस