बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

बुटवल । कोरोना भाइरस संक्रमणबाट रुपन्देहीको बुटवलमा थप दुई जनाको ज्यान गएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा संक्रमित महिला र पुरुषको मृत्यु भएको हो ।

गत भदौ १५ गते खोकी लागि ज्वरो आएपछि जाँचका लागि अस्पताल पुगेको बुटवल -११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११ः १० बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । विगत ४ दिनदेखि भेन्टिलेटरमा राखिएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु हो ।

यस्तै बिहान नवलपरासी-२ प्रतापपुर की ३७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । महिला भदौ १७ गते अस्पतालमा भर्ना भएकी थिइन् । गएरातिबाट थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा बिहान मृत्यु भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस