निजी ल्याबको रिपोर्टको आधारमा ‘कोरोना बीमा’ को दाबी भुक्तानी नदिने

काठमाडौं । सरकारी ल्याबबाहेक अरुले गरेको कोरोना परीक्षणलाई मान्यता नदिन बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले बिहीबार कोरोना बीमालेख बिक्री गरिरहेका २० वटै निर्जीवन बीमा कम्पनीलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो ।

बीमा समितिले बिहीबार जारी गरेको निर्देशनमा कोरोना बीमा मापदण्ड २०७७ को परिच्छेद ३ को दफा ११ अनुसार नेपाल सरकार स्वस्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोनाभाइरस संक्रमण देखिएमा मात्रै भुक्तानी गर्ने व्यवस्था गर्न भनिएको छ ।

यो व्यवस्थाले सरकारबाट कोरोना परीक्षण अनुमति पाएका अन्य स्वास्थ्य संस्थाको रिपोर्टलाई मान्यता नदिने स्पष्ट पारेको हो । समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले यो मापदण्ड पुरानै भएको बताउँदै त्यो व्यवस्थाबारे बीमा कम्पनीहरुलाई सम्झाउने काम मात्रै आफूहरुले गरेको बताए ।

उनी भन्छन्, ‘मापदण्डमा स्पष्ट रुपमा लेखिएको छ त रु’ समितिले साउनमा जारी गरेको मापदण्डमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर गराइएको रिपोर्टबाट पोजेटिभ आए मात्रै भुक्तानी दिने उल्लेख गरिएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस