महालक्ष्मीविकास बैंक  र डाक्टर अन कलबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कल प्रा. लि.सँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट कुमारीपाटी शाखाका प्रमुख अनिषसिंह सिजापती र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा. सुमन न्यौपानेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी लगायत बैंकका संस्थापक÷सेयरधनीहरुले डाक्टर अन कल मार्फत घरमै उपचार गराउन सक्नेछन् र यसरी उपचार गराउँदा सेवा शुल्कमा छुट पाउने छन् ।

सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक÷सेयरधनीहरु साथै कर्मचारीले डाक्टर सेवामा अधिकतम ३०%, फिजियो थेरापीमा अधिकतम ३०%, नर्स केयर सेवामा अधिकतम २०%, ल्याव टेष्टमा अधिकतम २०%, डाईटिसियन सेवामा अधिकतम ३०%, डे«सिङ तथा इन्जेक्सन सेवामा अधिकतम १५%,साथै डाक्टरसँग अनलाइन कनसल्ट, औषधी तथा मेडिकल उपकरणहरुको डेलिभरी सेवानिःशुल्क रुपमा प्राप्त गर्न सक्ने छन् ।

देशका १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवाप्रदानगर्दै आएको महालक्ष्मीविकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस