स्वच्छन्दता

महेशराज खरेल

 

म पुग्छु
उडेर हिमाल माथि
तिमी मलाई हेरिरहु साथी
बादल हातले पन्छाउँदै
निलाे गगनलाई चिहाउँदै
यात्रा मनकाे मेराे
घुमीरहुँ भन्छ हेर
संसारकाे सबै सेराेफेराे ।

न कही दु:ख छ
धरतीका मानवकाे झै
न आत्म चिन्तित छ
गर्न पाईएन भनी केही अझै
सब कुराले निपुर्ण छ
खुशीले रमेकाे छ याे मन
जब मनै सुखी हुन्छ
किन चाहियाे र! अब
दुष्ठ त्याे कालाे धन!!

हेर्छु म ब्याेमबाट
दिब्य दृष्टीले नियालेर
देखिन्छन् धरतीमा सारा
दु:खी जीवनका अभिभारा
लडेका छन् आपसमा
जिताैला आफैले भनी
देखिन्नन् काेही हार्ने
ठाेक्छन् छात्ती आफ्नाे
बाजि मार्छु आफैले ठानी
जब समग्र परिणाम आँउछ
हार्छन् सबै एक-एक गरि
जित्ने क्षणिक रम्छ
भेटिन्न जित्ने काेही
जीवनमा सँधै भरी।

खाेजेर रीत जीवनकाे
सिकाउने कस्ले यिनलाई
आफू याेग्य छु भनी सदा
ढाँट्छन् यी आफ्नै मनलाई
आत्म पीढाले ग्रसित
जब बन्दछ त्याे आफै
अनि खाेज्दछ मुक्ति
पुजन गरि ढुँंगाे
शक्ति स्वरुपा हुन् भनी यिनै
चकित पर्छु म यिनकाे
देखि सिमा ज्ञानकाे
गरि उपेक्षा जीवित प्राणीलाई
पूजा हुन्छ यहाँ
सदा निर्जिवकाे !!!

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस