ढोरपाटन बाढी: चारको शव भेटियो [अपडेट]

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँ–ठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्कविहीन भएका थिए ।

उनीहरुमध्ये ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन् ।

त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया नै दिलमाया घर्तीमगर र उनको छोराका ६ वर्षीय बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

पहिरोमा बेपत्ता भएकामध्ये ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३०–३२ वर्षको पुरुषको शव फेला परेको छ । ढोरपाटनकै वडा नं ५ बुडाथोकस्थित पुलको लठ्ठामा अड्केको अवस्थामा अन्दाजी ३०–३५ वर्षका पुरूषको शव भेटिएको उनले बताए ।

त्यस्तै बडिगार्ड गाउँपालिका–५ बालुवामा अन्दाजी २०–२२ वर्षका पुरूष र बडिगाड–७ खोप्चेमा अन्दाजी १२–१३ का पुरूषको शव फेला परेको भण्डारी बताए । शवको सनाखत हुन सकेको छैन । प्रहरी भखरै घटनास्थलमा पुगेको र बेपत्ताहरुको खोजी भइरहेकाले संख्या बढ्न सक्ने भण्डारीले बताए । नेपाली सेना र सशस्त्र प्रहरीको टोली समेत घटनास्थल पुग्दैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस