भारतले पबजी सहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगायो

काठमाडौं । भारत सरकारले चीनले विकास गरेका पब्जीसहित १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ ।

यसअघि जून महिनामा पनि भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो । भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।

विज्ञप्तिमा ती एप्सहरुको प्रयोगले भारतको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सुरक्षामा समेत खतरा पैदा भएको जनाइएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यो कदमले भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोग गर्नेहरुको समेत हितको रक्षा गर्ने भारतको साइबर स्पेसको सुरक्षा र सार्वभौमिकता सुनिश्चित गर्ने निश्चित गर्ने उल्लेख गरिएको छ ।

जसमा एन्ड्रोइड र आइओएसमा उपलव्ध केही मोबाइल एप्स प्रयोगकर्ताका डाटा अनौपचारिक रुपमा चोरी भएको र भारतबाहिर सर्भरमा पठाइएका रिपोर्टहरु समेत सरकारलाई प्राप्त भएको जनाइएको छ । लद्दाखस्थित सीमानामा दुई देशका सेनाबीच थप तनाव बढेपछि भारत सरकारले चीनप्रति कडा नीति लिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस