विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ५१ लाख नाघ्यो, ८ लाख ४६ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या २ करोड ५१ लाख नाघेको छ भने ८ लाख ४६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ५१ लाख ७३ हजार १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ८ लाख ४६ हजार ७३४ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १ करोड ७५ लाख ६ हजार ५४ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ८६ हजार ८५५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ६१ लाख ३९ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४२ हजार ८४३ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ९५४ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या ३८ लाख ४६ हजार ९६५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९०४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख २० हजार ४९८ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ हजार ६५७ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७८ हजार ४७२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३५ लाख ३९ हजार ७१२ पुगेको हो ।

नेपालमा शनिबार देशभर गरी ८८४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ३७ हजार ३४० पुगेको छ । अहिलेसम्म निको भएर घर फर्किनेको संख्या २०,५५५ पुगेको छ । अहिले पनि १६ हजार ५७८ जना संक्रमित उपचारत छन् । त्यस मध्ये १० हजार १४५ जना संस्थागत र ६ हजार ४४५ जना होम आइसोलेसनमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस