भारतमा कोरोनाबाट एकैदिन १०२३ जनाको मृत्यु, ७५ हजार संक्रमित

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १०२३ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ७५ हजार ७६० जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३३ लाख नाघेको छ । भारतमा कुल संक्रमित ३३ लाख १० हजार २३५ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

भारतमा अहिलेसम्म २५ लाख २३ हजार ७७२ जना ठिक भएका छन् । त्यस्तै ७ लाख २५ हजार ९९१ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल ३ करोड ८५ लाख ७६ हजार ५१० नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ९ लाख २४ हजार ९९८ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस