ड्युटीमा रहेका प्रहरीमाथि सार्वजनिकस्थलमै कुटपिट

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिक-११ रमितेमा ड्युटीमा रहेका प्रहरीलाई सार्वजनिकस्थलमै कुटपिट गरिएको छ । रमितेको एक होटलमा जाँडरक्सी खाएर होहल्ला गरिरहेका युवालाई सम्झाउन पुगेका प्रहरीमाथि कुटपिट भएको हो ।

आइतबार दिउँसो साढे ३ बजेको समयमा स्थानीय सन्तोष खड्काको होटलमा होहल्ला गर्नेलाई सम्झाउन पुगेका प्रहरीलाई ६ जना युवाको समूहले कुटपिट गरेको प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिएका छन् ।

ती युवाले प्रहरी सहायक निरीक्षक सरयुग महतोको सिठी समेत चुँडाइदिएका छन् । सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बूले प्रहरी सहायक निरीक्षकसहित ३ जना प्रहरीमाथि दुर्व्यवहार भएको बताएका छन् ।

प्रहरीलाई कुटपिट गर्ने पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–६ ओखलढुंगाका विजय मगर, सोलुदूधकुण्ड नगरपालिका–८ बस्ने शेरबहादुर मगर, भीमबहादुर मगर, सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ११ बस्ने चन्द्रबहादुर मगर, मोहन कार्की र फुर्वा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

रमितेमा बैंक तथा वित्तीय संस्था खुलेसँगै आर्थिक गतिविधि बढेपछि अपराधिक घटना हुन सक्ने भन्दै गएको साउन १२ गते अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई …

प्रतिकृया दिनुहॊस