इन्डोनेसियाको ७५औँस्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो

काठमाडौं । गणतन्त्र इण्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ ।

उक्त अवसरमा आज भदौ १ गते तद्अनुसार १७ अगस्त २०२० मा नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदुत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्यदुतको कार्यालय,आइएमई कम्प्लेक्स परिसरमा इण्डोनेसियाको झण्डोत्तलन गरेका छन् ।

झण्डोत्तलनमावाणिज्यदुत कार्यालय तथाआइएमईग्रुपमाकार्यरत कर्मचारीहरुको सिमित संख्यामाउपस्थितिरहेको थियो ।

नेपाल र गणतन्त्र इण्डोनेसियावीच सन् १९६० माऔपचारिक कुटनीतिक सम्बन्ध स्थापनाभएको थियो ।

गणतन्त्र  इण्डोनेसियाले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपालकालागि इण्डोनेसियाको अवैतनिक वाणिज्यदुतमा नियुक्त गरे यतायीदुई देशबीचको सम्बन्ध थप मजबुत बन्दै आएको छ ।

नेपालकालागि इण्डोनेसियाको गैह्र आवासीय राजदुतको कार्यालय बंगला देशको ढाकामा अवस्थित छ ।
इण्डोनेसियाआसियान राष्ट्रहरूमध्येको सबै भन्दा ठूलो अर्थ तन्त्र हो ।

साथै नेपाल र इण्डोनेसियाबीचको व्यापारको परिमाण पनिनिकै ठूलो छ ।

दुई देशबीचपर्यटन लगायत विभिन्न व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले नयाँ इतिहास रचेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस