म डेरावाला क्वारेन्टाइनमा कसरी बस्ने !

डम्मर बम

एउटा घर, सामान्यतया १० देखि १५ वटासम्म कोठा, केहीले दुई कोठासम्म त केहीले एक एक कोठा भाडमा लिएका, एउटा तलमा ५ वटासम्म कोठा, एउटा कोठमा तीन जनासम्म मान्छे, पाँचै कोठाको लागि एउटै शौचालय र वाथरुम, हप्तामा एकदिन आउने खानेपानी भर्न सबैले लाईन लाग्नुपर्ने, राम्रो जागिर हुनको बसाई आरामदायी होला तर अधिंकाश निम्न आय भएका र विद्यार्थीहरुको वाध्यात हो, काठमाण्डौको बसाई र अवस्था ।

उच्च शिक्षा र उज्वल भविश्यको सम्भाव्यता देखेर यूवाहरुको विकल्प हो, राजधानी, हुनपनि हो, विकास पूर्वाधार देखि थुपै सम्भावना राजधानी मै केन्द्रीत छ । केन्द्रीकृत विकासको नमुना राजधानी होईन, भन्न पनि सकिदैन । राजधानीमा बसाई सराई गरी आउने र मानिसको चापबाटै सहजै अनुमान लगाउनु सकिन्छ । त्यसका बावुजुत पनि राजधानीले सबैलाई धानेकै छ । २०७२ को महाभुकम्प खपेको काठमाण्डौले अघोषित नाकाबन्दीको सामान गर्नु पर्यो । जसबाट प्रत्यक्ष रुपमा नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पार्यो । साथ साथै राजधानीमा रहेका सम्पूर्ण जनमानसले त्यसको प्रभाव नराम्रो तरिकाले व्यहोर्नु पर्यो । अहिले विश्वमा महामारीको रुपमा फैलिएको कोराना भाईरसले विश्व अर्थतन्त्रमा गिरावटमा मात्र गरेन की ठूलो रुपमा मानविय क्षति भएको छ ।

भाडामा कोठ लिई बस्दै आएका धेरै कोरोनाको असहज परिस्थितीका कारण घर गएपनी अझै विद्यार्थी तथा जागिर गर्नेहरु राजधानीमै छन् । राजधानीको एक कोठाको बसाई, १० देखि १५ जनासम्मको एउटै शौचालय र वाथरुप, खानेपानी भर्दा लाईन लाग्नु पर्ने भएको अवस्थामा कसरी क्वारेन्टाईनमा बस्न सम्भव हुन्छ ?

दैनिक रुपमा पाँच छ सयको हाराहारीका कोरोना संक्रमित बढ्दै गएको अवस्था छ । कोभिड १९ संक्रमितहरुको सङख्या बढेसँगै व्यवस्थापन गर्न गाह्रो बन्दै गएको छ । अस्पतालमा बेडको अभाव भएको अस्पताले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लक्षणविहीन संक्रमितलाई घरैमा, होम आइसोलेसनमा बस्न भनेको छ । कोरोना उपचारमा संलग्न राजधानीका निजी तथा सरकारी अस्पतालका चिकित्सकहरुले संक्रमित बढेर सम्हालिन नसक्ने भएकोले संक्रमित राख्ने अन्य अस्पतालको विकल्प सोच्नु पर्ने बताएका छन ।

         डम्मर बम

भाडामा कोठ लिई बस्दै आएका धेरै कोरोनाको असहज परिस्थितीका कारण घर गएपनी अझै विद्यार्थी तथा जागिर गर्नेहरु राजधानीमै छन् । राजधानीको एक कोठाको बसाई, १० देखि १५ जनासम्मको एउटै शौचालय र वाथरुप, खानेपानी भर्दा लाईन लाग्नु पर्ने भएको अवस्थामा कसरी क्वारेन्टाईनमा बस्न सम्भव हुन्छ ? एउटा संक्रमित भएको अवस्था अर्को कुनै अवस्थामा अछुतो हुन सक्दैन । यस्तो विसम् परिस्थितीलाई कसरी न्यूनिकरण गर्न सकिन्छ ? एउटा व्यक्तिलाई कोराना संक्रमण हुँदा उसले अरुलाई थाहा दिने की नदिने ? थाहा नदिँदा अरुमा संक्रमण हुन कति नै समय नै लाग्छ र ।

एउटा संक्रमित भएको अवस्था अर्को कुनै अवस्थामा अछुतो हुन सक्दैन । यस्तो विसम् परिस्थितीलाई कसरी न्यूनिकरण गर्न सकिन्छ ? एउटा व्यक्तिलाई कोराना संक्रमण हुँदा उसले अरुलाई थाहा दिने की नदिने ? थाहा नदिँदा अरुमा संक्रमण हुन कति नै समय नै लाग्छ र  ?

यदी थाहा दिँदा अरुहरुले गर्ने उनिप्रति व्यवहारको मनोविज्ञानले प्रभावका वारेमा पनि सचेत हुनु जरुरी छ । यसको वैकल्पिक विषय के हुन ? सक्छ सरकार जवाफदेही हुन आवश्यक छ । यस अवस्थालाई हेर्ने हो, भने काठमाण्डौमा परालको आगोसरी सल्किरहेको कोरोनाले भयावह स्थिती नहोला भन्न सकिदैन । यूवालाई राजनीतिक रुपमा प्रयोग गर्ने राजनीतिकदलका नेताहरु सबैको मुख्य जिम्मेवारी अहिलेको अंधिकाश यूवाहरु राजधानीमा रहेका छन् । यस भयावह अवस्थालाई न्यून गर्न सकिन्छ । त्यसतर्फ ध्यान दिन जरुरी छ ।

अर्को तर्फ असार १ गते देखि कार्यालयहरु नियमित रुपमा सूचारु भएका छन् । कार्यालयमा सञ्चालनका लागि जानु पर्ने अवस्था छ । त्यहाँ कर्मचारीहरुमा संक्रमणको उच्च जोखिम छ नै । अत्यावश्यक दैनिक उपभोग्य बस्तु खरिद गर्न पसलसम्म जानेपर्ने । समाजिक दुरी कायम गरी दैनिक उपभोग्य बस्तु खरिद गर्न कत्तिको सम्भब होला र ? त्यो पालाना भएको अवस्था छ ? सडकमा सवारी र बजारमा पसलको खरिद विक्रेताको उपस्थिती तुलनात्मक रुमपा कम नै होला तर चहलपहल भने उस्तै छ । तीन महिनाको लकडाउनले नेपाली अर्थतन्त्रमा नराम्रोे प्रभाब त पारेको छ, नै ठूलो व्यापारी तथा सानो व्यापार गरी खानेका लागि एकदमै असहज परिस्थिती भएको छ ।

सरकारले एक महिना र सर्वोच्च अदालतले लकडाउन अवधिको कोठाभाडा नलिन भनेको छ । तर त्यो कत्तिको सम्भव छ, छैन सतहीमा देखिएको छ । कुनैपनि घरवेटीले त्यसलाई पालाना गरेको अवस्था छैन् ।

वीस तीर काम गर्ने मानिस वीस तीर गएको अवस्थामा यसको प्रभाव नरहला भन्न सकिदैन । धेरै मानिसहरुको संगत तथा संक्रमित व्यक्तिसँगको सम्पर्कले कोरोना फैलिने गरेको विश्व स्वास्थ्य संगठन भनाई छ । जहान परिवार लिएर राजधानीमा बसेकालाई काम गर्न जानु बाध्याता भएको डेरावाल कर्ण वोगटीको भनाई छ । उनका अनुसार कोरोना संक्रमण चिन्ता त एकतिर छदैछ, अर्कोतर्फ कोरोनाले प्रभावका कारण कार्यालय काम नआउन भन्ने चिन्ता भएको छ । काम जान नपाए जहान परिवार पाल्न एकदमै धौ धौ हुन्छ । सामान्य सावधानी अपनाएर काममा जानु विकल्प छैन । “आफु सुरक्षित भएर बसेपनि अरुको लापरवाहीले आफु सुरक्षित हुन्छु, जस्तो मलाई लाग्दैन डेरावाल वोगटीले भने “धेरै जनाले एउटा शौचालय र वाथरुप प्रयोग गर्नुपर्छ” । कोही कहाँ जान्छ, कसलाई छ, कोरोना थाहा हुँदैन ।

उसो त केही डेरावाला घर गएका छन् । परिस्थिती अनुकल नभएसम्म उनिहरु राजधानी फकिर्ने अवस्था छैन् । सामान्यतया प्रत्येक महिना कोठा भाडा असुल गर्ने घरवाला पनि समस्या परेको बताउन्छन् । घर गएका लामो समय डेरा फर्किनेमा घरवाला नै शंका गर्न थालीसकेका छन् । महत्वपूर्ण शैक्षिक प्रमाणपत्र तथा अन्य प्रमाणवाला वाहेक अरु कनै हालतमा फर्किनेमा विश्वास गर्न नसकिएको घरवेटीको अनुमान छ । भएकाहरुले पनि महिनामा महिनामा कोठाको भाडा दिन सक्ने अवस्था छैन् । सरकारले एक महिना र सर्वोच्च अदालतले लकडाउन अवधिको कोठाभाडा नलिन भनेको छ । तर त्यो कत्तिको सम्भव छ, छैन सतहीमा देखिएको छ । कुनैपनि घरवेटीले त्यसलाई पालाना गरेको अवस्था छैन् । घरवेटीका नी आफ्नै समस्या छन् होलान । उनिहरु बैंकले आफुलाई व्याजमा सहुलियत नगरेको तथा किस्तामा नी छुट नदिएको बताउन्छन । कोरोनाको प्रभावका कारण धेरैले जागिर गुमाउनु परेको अवस्था छ ।

सरकारले थेक्न नसक्ने अवस्थामा कोरोना संक्रमण बढेको छ, अस्पतालले समेत कोरोना संक्रमितलाई भर्ना लिने अवस्था छैन, अनि कसरी सम्भब हुन्छ ? सरकार म डेरावाला कसरी क्वारेन्टाईनमा बसु र कसरी आफुलाई बचाउँ ?

यस अवस्थामा डेरावालाले घरवेटीलाई भाडा कहाँबाट दिने र स्वंम आफु कसरी बाँच्ने ? कोरोना संक्रमित हुँदा एउटा कोठा कत्तिको सुरक्षित होला जहाँ एउटै तलामा १५ देखि २० जनासम्म हुन्छन अर्को तर्फ संक्रमितलाई होम क्वारेन्टाईनमा राख्ने व्यवस्थाका घरवेटीको प्रतिक्रिया के होला ? यो सम्भब छ ? पक्कैपनि अहिले कोरोनाले विश्व नै आक्रांन्त भएका बेला मानविय संवेदनालाई ख्याल गरिन्छ होला त ? कोठामा एक्लै बस्ने व्यक्तिले यि सबै नियम पालाना गर्छ ? उसले बाहिरबाट सामान खरिद गरी पकाएर खान्छ र सबैले प्रयोग गर्ने शौचालय प्रयोग गर्छ ।

सरकारले थेक्न नसक्ने अवस्थामा कोरोना संक्रमण बढेको छ, अस्पतालले समेत कोरोना संक्रमितलाई भर्ना लिने अवस्था छैन, जागिर गुमाएका कोठाभाडा तिर्न नसक्ने आर्थिक अवस्था भएकाले कसरी उपचार गराउन सक्छन । आर्थिक अवस्था भएकाले पनि अस्पतालमा कोरोनाका लागि आसियू, भेन्टिलेटर छैन् । अनि कसरी सम्भब हुन्छ ? सरकार म डेरावाला कसरी क्वारेन्टाईनमा बसु र कसरी आफुलाई बचाउँ ?

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस