शिखर इन्स्योरेन्सको नाफा ६.३९ प्रतिशतले बृद्धि

काठमाडौं । शिखर इन्स्योरेन्सले आ.व. २०७६ / ०७७ को चौथोे त्रैमासिक (आषाढ मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

शिखर इन्स्योरेन्सको खुद नाफा ६.३९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ४२ करोड ३१ लाख ३६ हजार १५८ रुपैयाँ रहेकोमा गत वर्ष ४५ करोड १ लाख ८४ हजार ६४३ रुपैयाँ रहेको छ ।

कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब २८ करोड ६१ लाख ८९ हजार ५५२ रुपैयाँबाट घटेर १ अर्ब १८ करोड ५४ लाख ६८ हजार ५७१ रुपैयाँ रहेको छ । कम्पनीको कुल दाबी भुक्तानी १ अर्ब ६७ करोड १८ लाख ७२ हजार ४५६ रुपैयाँ रहेको छ भने दाबी भुक्तानी हुन बाँकी रहेको रकम ८० करोड ४७ लाख ९१ हजार २३४ रुपैयाँ रहेको छ ।

१ अर्ब ५ करोड ७३ लाख १० हजार ६ सय रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ८३ करोड ६३ लाख ३६ हजार ४५९ रुपैयाँ रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफले ल्यायो ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना’, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना …

प्रतिकृया दिनुहॊस