विद्युत् प्राधिकरण ३५औँ वर्षमा हालसम्मकै उच्च नाफामा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ । नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पु-याउने लक्ष्यका साथ प्राधिकरण अगाडि बढिरहेको छ ।

विगतमा घाटामा रहँदै आएको प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ देखि नाफा गर्न सुरु गरेको हो । त्यसपछि क्रमशः नाफा वृद्धि गर्दै आएको छ । त्यसअनुसार आव २०७४/७५ मा दुई अर्ब ८५ करोड, आव २०७५/७६ मा नौ अर्ब ८१ करोड र आव ७०७६/७७ मा हालसम्मकै उच्च रु. ११ अर्ब पाँच करोड रुपियाँ नाफामा रहेको छ ।

त्यस्तै आव २०७५/७६ मा प्रणाली चुहावट १५.३२ प्रतिशत रहेकोमा कोभिड–१९ बाट उत्पन्न प्रतिकूल परिस्थिति रहे पनि आव २०७६/७७ मा प्रणाली चुहावटलाई १५.२७ प्रतिशतमा सीमित राख्न सकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उल्लेख गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई कार्य रूप दिन विकासमा अन्य आयामको संवाहकका रूपमा प्राधिकरणको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
३५ औँ वर्ष प्रवेशका अवसरमा शुभकामना दिँदै मन्त्री पुनले स्वदेशी विद्युत् उत्पादन वृद्धि, माग र आपूर्ति व्यवस्थापन तथा व्यापारिक चुहावट न्यूनीकरणमा लाग्न निर्देशन दिएका छन् ।

त्यसैगरी ऊर्जा सचिव दिनेशकुमार घिमिरेले प्राधिकरणमा अबको दिनमा विद्युत् व्यापार महत्वपूर्ण र चुनौतीपूर्ण दुवै रहेको भन्दै अन्तर्देशीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि नियामक निकायको प्रक्रिया पूरा गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले अहिलेसम्म प्राप्त गरेका उपलब्धि सुरुआत मात्र भएको र यसको जगमा टेकेर अघि बढ्दै समृद्धिका लागि सरकारले लिएको मार्गमा सहयोगी र भरपर्दो माध्यम बन्ने प्रण गरेको उल्लेख गरे । प्राधिकरणले आगामी वर्षहरूमा पनि खर्च कटौती गर्ने–आम्दानी बढाउने, चुहावट घटाउने–खपत बढाउने, उत्पादन बढाउने–महसुल घटाउने, आयात घटाउने–निर्यात बढाउने उल्लेख गरे । –गोरखापत्र दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भूमिगत तार पड्किँदा चितवनमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा …

प्रतिकृया दिनुहॊस