काठमाडौं उपत्यकामा एकैदिन थपिए १७२ कोरोनाका संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना गरी १७२ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । संक्रमितमध्ये हालसम्म १७ हजार ३३५ जना निको भएर घर फर्किएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस