फिफाको महिला वरियतामा नेपाल ९९ औं स्थानमा

काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९ औं स्थानमा यथावत रहेको छ ।

पछिल्लो पटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो ।

पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ । एशियाली देशतर्फ नेपाल २१ औं स्थानमा छ । दक्षिण एशियाली देशको वरियतामा नेपालको स्थान दोस्रो छ ।

यस्तै फिफा वरियतामा दक्षिण एशियाली देश भारत ५५औं, बङ्गलादेश १३४औं, श्रीलङ्का १४०औं, माल्दिभ्स १४२औं तथा भुटान १५४औं स्थानमा रहेका छन् ।

विश्व वरियतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्विडेन पाँचौं, इङ्ग्ल्याण्ड छैटौं, अष्ट्रेलिया सातौं, ब्राजिल आठौं, क्यानडा नवौं र उत्तर कोरिया १० औं स्थानमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस