कोरोना अपडेट : विश्वभर १ करोड ४१ लाख ३२ हजारभन्दा धेरै संक्रमित निको भए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख ४१ लाख ३२ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १ करोड ४१ लाख ३२ हजार ३०६ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ७ लाख ६२ हजार ४४१ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या २ करोड १३ लाख ३६ हजार ६१ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ७१ हजार ५३५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ५४ लाख ७६ हजार २६६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६० हजार ६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार १ सय २० जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या ३२ लाख ७८ हजार ८९५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६ हजार ५७१ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ हजार १३४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ६५ हजार ६ सय ९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ लाख २५ हजार २२२ पुगेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस