नेपालको जवाफ- ‘बुद्ध नेपालमा जन्मिएका हुन्, यो विवादको विषय होइन’

काठमाडौं । बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेको कुरा भएकाले यो बहसको विषय हुन नसक्ने परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध महान भारतीय भनेर अभिव्यक्ति दिएपछि परराष्ट्रले यसबारे प्रतिक्रिया दिएको हो ।

‘ऐतिहासिक र पुरातात्विक प्रमाणहरुबाट बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने तथ्य स्थापित भइसकेको छ,’ परराष्ट्रका प्रवक्ताले भनेका छन्, ‘बुद्धको जन्मस्थल लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा पनि समावेश छ ।’

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा बुद्धको जन्मस्थान नेपाल भएको बताएको पनि परराष्ट्रले उल्लेख गरेको छ । ‘बुद्धिज्म नेपालबाट संसारका अन्य भूभागमा फैलिएको सत्य हो । यो विषय सन्देह र विवादभन्दा पर छ । त्यसैले यसमा बहस हुन सक्दैन । सारा अन्तर्राष्ट्रिय समुदाय यसप्रति सचेत छ,’ परराष्ट्रले भनेको छ ।

एस जयशंकरले बुद्धका बिषयमा दिएको विवादित अभिव्यक्तिलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कडा आपति जनाइसकेका छन् । उनले यसबारे सरकारले भारतसँग औपचारिक रुपमा कुरा गर्नुपर्ने समेत बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस