[विचार] आजका नारी

संगिता बराल ।

आमा भन्नुहुन्छ, ‘‘हाम्रो पालामा आनन्द थियो, हाम्रो जिम्मेवारी चुलोचौको र घर व्यवहारमा सीमित हुन्थ्यो, तर अहिले समय परिवर्तन भईसकेकोछ, आजका नारी परिवर्तनका संवाहक भएका छन् ।” आमा अगाडी थप्नु हुन्छ, चुलोचौको र घर व्यवहार चलाउन तिमिहरुले त्यो त बिराशत पाएको हौ, साथमा आर्थिक भार वहन गर्न बाहिरी संसारसँग जुध्ने काम थप भएको छ ।” हुनपनि हो, छोरा समान शिक्षा पाएका छोरीहरु अहिले चुलोचौकामा मात्र सीमित भएका छैनन्, जागिर नगर घरकै काम सिक र गर भन्नुपनि अहिलेको समय अनुसार सान्दर्भिक रहेन । त्यसैले आफ्नो घरपरिवारबाट माया, प्रेरणा, हौसला पाएका हामी नारीले आफुलाई समयसँगै गतिशिल बनाई घर, समाज हुँदै देश छरिन केही बेर लाग्दैन ।

छोरा समान शिक्षा पाएका छोरीहरु अहिले चुलोचौकामा मात्र सीमित भएका छैनन्, जागिर नगर घरकै काम सिक र गर भन्नुपनि अहिलेको समय अनुसार सान्दर्भिक रहेन । त्यसैले आफ्नो घरपरिवारबाट माया, प्रेरणा, हौसला पाएका हामी नारीले आफुलाई समयसँगै गतिशिल बनाई घर, समाज हुँदै देश छरिन केही बेर लाग्दैन ।

किनकी आमाको कोखबाट छोरीको रुपमा एउटा नारीको आगमन हुन्छ । परिवर्तित जिवनक्रममा दीदी, बहिनी, भाउजु, श्रीमतीमा गएर टुङ्गिदैन, केवल समयसँगै परिवर्तन भएर आउने नाता र त्यससँगै अगाडी थपिदै जाने नयाँ अनुहारहरु जति पटक यो नारी शब्दलाई परिभाषित गर्न खोज्छु, त्यती नै आफ्नो बुझाई यसको शाब्दिक अर्थ र व्यावहारिक पाटोमा रहेको गहिरो खाडल पुर्न कम भएको महशुस गर्छु । सिंगो विश्वको ५० प्रतिशत जनसंख्या ओगट्ने नारी अझैपनि पुरुषभन्दा कम छैनौ, महिला पुरुष बराबर होऔं भन्ने जस्ता तुलनात्मक वाक्यांशको प्रयोग गर्नु नै वेकार लाग्दछ, जबकी अहिलेको अवस्थामा नारीले पुरुषसँगै काँधमा काँध मिलाएर हिड्ने भइसके, कुनैपनि कोणबाट नारी पुरुषसँग तुलना गर्नु आवश्यक नै छैन् ।

                              संगीता बराल

कुनैबेला हाम्रो देशमा छोरालाइ शिक्षा र छोरीलाई घर व्यवहारको ज्ञान मात्र दिनुपर्छ, भन्ने सोच थियो । अहिले त्यो विचार धाराबाट हामी धेरै अगाडी बढी सकेका छौ । तर यती हुँदा हुँदैपनि के हामीले अहिलेका नारीलाई दिनुपर्ने स्वतन्त्रता दिन सकिरहेका छौ, त ? जसरी अहिलेका नारीले आफुलाई पुरुष बराबर सम्झेर घरको आर्थिक भार बराबर वहन गरिरहेको वेला हामिले उनीहरुलाई आवश्यक हौसला र प्रेरणा दिएका छौ, त ? कतै पुरुषसँग काँधमा काँध मिलाएर हिड्ने आजका नारी विहान भर चुलोचौका दिनभर कार्यालय-व्यापार साँझ फेरी चुलो चौकोमा नै सीमिति भएर आफुलाई आफैमा हराई रहेका त छैन्न ? यो विषयमा घर परिवारले पनि त्यती नै जिम्मेवार भएर सोच्ने बेला आएको छ ।

सिंगो विश्वको ५० प्रतिशत जनसंख्या ओगट्ने नारी अझैपनि पुरुषभन्दा कम छैनौ, महिला पुरुष बराबर होऔं भन्ने जस्ता तुलनात्मक वाक्यांशको प्रयोग गर्नु नै वेकार लाग्दछ, जबकी अहिलेको अवस्थामा नारीले पुरुषसँगै काँधमा काँध मिलाएर हिड्ने भइसके, कुनैपनि कोणबाट नारी पुरुषसँग तुलना गर्नु आवश्यक नै छैन् ।

नेपालमा पनि त्यस्ता थुप्रै संर्घषशिल नारी छन् जो आफू हुनुको महत्वलाई सर्वोपरि मान्दै आफ्नो अभियानमा दौडिरहेका छन् । पारिवारिक जीवन बिताए पनि निश्चित मुद्दालाई आफ्नो लक्ष्य बनाएर त्यसमै संघर्ष गरिरहेका छन् । उदाहरणको लागि अनुराधा कोइरालालाई लिन सक्दछौ, देश विदेशमा बेचिएर र्फकिएका चेलीलाई सहयोग गर्नका लागि सन् १९९३ मा माइती नेपाल नामक संस्था स्थापना गरिन् । हाल मुलुकभर शाखा रहेको माइती नेपालले चेलीबेटी बेचबिखन रोकथाम, बेचबिखनमा परेकालाई सहयोग गर्ने, संरक्षण प्रदान गर्ने, रोजगारी दिने, परिवारमा पुनस्र्थापनामा सहयोग पु-याउने आदि काम गरिरहेको छ ।

नेपालका सीमामा प्रहरीझैं तैनाथ माइती नेपालका स्वयंसेवकहरूले थुप्रै चेलीबेटीलाई बेचबिखनबाट जोगाएका छन् । नीलो पोसाकमा एक-एक सवारीलाई नियालेर हेर्ने बिनाबर्दीका ती सिपाहीले कैयौं चेलीबेटीका दलाललाई समात्न प्रहरीलाई सहयोग गरिरहेका छन् । त्यस्तै बर्तमान अवस्था गणतन्त्र नेपालको विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपति हुनुहुन्छ । न्यायिक क्षेत्रमा हेर्ने हो, भने शुशिला कार्की प्रधान न्यायाधिश हुनुभयो, ओनसरी घर्ति सभामुख हुनुभयो । प्रशासनिक तथा राजनीतिकमा नारीहरुले महत्वपूर्ण भूमिकामा रहेका छन् । भन्न खोजिएको नारीहरुलाई जिम्मेवारी र अवसर प्रदान गरिएको खण्डमा जस्तोसुकै परिस्थितीको सामना गर्न सक्ने हेक्का राख्न सक्द्छन्, मात्र हाम्रो समाजमा विद्यमान सोचलाइ परिवर्तन गर्नु आवश्यक छ ।

उदाहरणको लागि अनुराधा कोइरालालाई लिन सक्दछौ, देश विदेशमा बेचिएर र्फकिएका चेलीलाई सहयोग गर्नका लागि सन् १९९३ मा माइती नेपाल नामक संस्था स्थापना गरिन् । हाल मुलुकभर शाखा रहेको माइती नेपालले चेलीबेटी बेचबिखन रोकथाम, बेचबिखनमा परेकालाई सहयोग गर्ने, संरक्षण प्रदान गर्ने, रोजगारी दिने, परिवारमा पुनस्र्थापनामा सहयोग पु-याउने आदि काम गरिरहेको छ ।

सकारात्मक सोचको विकास गर्नु छ, समाज भित्रका केही गलत कुरालाइ बदल्नु छ । गणतन्त्र नेपालमा महिलालाई ३३ प्रतिशतको अधिकार प्रदान गरिए तापनि लागु गरिएको अवस्था देखिएको छैन । संविधान जारी गर्ने विधायिकामा समेत विभेद गरिएको जस्तो देखिन्छ । प्रहरी प्रशासन, निजामति तथा निजी क्षेत्रमा महिलाको उपस्थिती सन्तोजनक नभए पनि आशालाग्दो रहेको छ । प्रजातन्त्र, गणतन्त्र स्थापनाका लागि नारीहरुको उपस्थिती अग्रमोर्चामा नै रहेको थियो । वि.स.२००७, २०४६ र २०६२-०६३ को जनआन्दोलनमा नारीहरुको भुमिका सरहानिय नै रहेको छ । त्यसैले नै नारीहरुलाई परिवर्तनका संवाहक भनिएको होला ।

नेपालमा गणतन्त्रको स्थापना पश्चात सबैमा शिक्षा भन्ने नारा सहित साक्षरता अभियान सञ्चालन भएपनि दुरदराजमा रहेका नारीहरु अझै त्यसबाट बञ्चित नै रहेका छन् । तर जुन नारीहरुले भोग्दै आएको हिंसाका घटनामा आफ्नो न्यायका निम्ति खुलेर बाहिर आउन थालेका छन् । समाज भित्रै गुपचुपमा मिलाइ दिने पुरुष जातीले भने बमोजिम कुरा मान्नु पर्ने आफ्नो अधिकारका लागि वोल्न नसक्ने नारी आज खुलेर सामाना गर्न सक्ने भएका छन् । सति प्रथा, देउकी प्रथा र कुमारी प्रथाबाट मुक्ति पाएका नारीहरुले समाजमा अझैपनि बोक्सीको रुपमा हिंसा भोगि रहनु परेको छ । त्यस्ता कुप्रथालाई हामी नारीहरुले अन्तय गर्नु जरुरी छ । राम्रो कामलाई बढावा दिन र जिम्मेवारी पदमा आफुलाई स्थिापित गर्न महिला आफै अग्रसर हुनु पर्दछ । अनि मात्र समाजलाई सकारात्मक पाटोमा लैजान सकिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

[कथा] शंकरदेव क्याम्पसकी पार्वती

डम्मर बम सुन्नुस न, हजुर नयाँ हो ? शंकरदेब क्याम्पसको शंकरदेवको मूर्तिबाट अलि तल झरेर …

प्रतिकृया दिनुहॊस